९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

शिक्षा, रोजगारी, स्वास्थ्य र जलवायु परिवर्तनका मुद्दामा सामुहिक पहलका लागि पुर्व राष्ट्रपतिको आह्वान

शिक्षा, रोजगारी, स्वास्थ्य र जलवायु परिवर्तनका मुद्दामा सामुहिक पहलका लागि पुर्व राष्ट्रपतिको आह्वान
अ अ+ अ-

विराटनगर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कोशी प्रदेश भ्रमणको क्रममा विराटनगरका युवा वैज्ञानिकहरूसँग अन्तर्क्रिया गर्नुभएको छ।

यस कार्यक्रममा विराटनगर क्षेत्रका सक्रिय युवा वैज्ञानिक, इन्जिनियर, युवा प्राध्यापक र विज्ञान क्षेत्रका विद्यार्थीहरू सहभागी थिए। भण्डारीले आफ्नो भ्रमणलाई शैक्षिक संस्थाहरूको भ्रमणको रूपमा व्याख्या गर्दै भन्नुभयो, “मैले देशभरका युवाहरूसँग निरन्तर अन्तर्क्रिया गर्दै आएको छु, र नेपालको शिक्षामा आमूल परिवर्तनको आवश्यकता छ।”

पूर्वराष्ट्रपतिले शिक्षा, विज्ञान र प्रविधि, स्वास्थ्य, जलवायु परिवर्तन र तिनीहरूको असरमा ध्यान केन्द्रित गरेको बताउँदै वर्तमान समस्याको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

विराटनगरसँग आफ्नो गहिरो भावनात्मक र राजनीतिक सम्बन्ध रहेको उल्लेख गनुहुँदै भण्डारीले महेन्द्र मोरङ क्याम्पसको शैक्षिक र भौतिक गुणस्तरमा सुधारको लागि निरन्तर काम गर्दै आएको बताउनुभयो। कार्यक्रममा सहभागी युवा वैज्ञानिकहरूको समस्याहरूलाई ध्यानपूर्वक सुनेर उहाँले समाधानका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

खासगरी पाठ्यक्रम, भौतिक असुविधा र अनुसन्धानको वातावरणको अभावले युवा वैज्ञानिकहरू पलायन हुने अवस्थामा रहेको उल्लेख गर्नुहुँदै उहाँले राज्यले यसको समाधानका लागि आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

नेपालमा कृषि, वन र बनस्पति स्रोतको उपयुक्त उत्पादन नगरी अरबौं रुपैयाँ बाहिर जानु दुर्भाग्यपूर्ण भएको र त्यस पैसालाई देशभित्र राखेर शिक्षा र विज्ञान प्रविधिको विकासका लागि पूंजी जुटाउन सकिने कुरा भण्डारीले बताउनुभयाे। यसका साथै उहाँले उत्पादनमुखी अर्थतन्त्र निर्माणमा युवाहरूको सक्रियता र भूमिका आवश्यक रहेको कुरामा जोड दिनुभयो।

नेपालका विश्वविद्यालयहरूलाई अनुसन्धानमुखी बनाइ दक्ष जनशक्तिको उपयोग देश निर्माणमा गर्नुपर्ने आवश्यकता बारे सरकारलाई सचेत गराउने कुरा पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो।

पूर्वराष्ट्रपति भण्डारीले युवाहरूको भूमिकामा विश्वास व्यक्त गर्दै भन्नुभयाे, “नेपालको विकास र समृद्धिका लागि युवाहरूको भूमिका महत्वपूर्ण छ, र म देशभरका युवासँग निरन्तर संवादमा रहनेछु।”

कार्यक्रममा सहभागी युवा वैज्ञानिकहरूले आफूहरूलाई पूर्वराष्ट्रपति संग आफ्ना समस्याहरू खुला रूपमा राख्न पाएकोमा खुशी व्यक्त गर्दै, शिक्षा, विज्ञान, प्रविधि, स्वास्थ्य र जलवायु परिवर्तनका विषयमा उठेका समस्याहरूको समाधानमा आफ्नो निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता जनाए।