२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारले जनपक्षीय काम गरिरहेको छ’



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य यामलाल कँडेलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर सरकारले जनपक्षीय काम गरिरहेको बताएका छन् ।

आज एमाले जिल्ला कमिटी सुर्खेतको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले राज्य सञ्चालन गर्ने अवसर पाउँदा जहिले पनि एमाले नेतृत्वको सरकारले जनपक्षीय काम गर्दै आएको जिकिर गरे ।

‘दक्षिण एसियाकै पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीदेखि केपी शर्मा ओलीसम्मका सरकारले जनपक्षीय काम गरेका कारण विपक्षीको चौतर्फी घेरा हुँदा पनि नेकपा एमालेलाई जनताले साथ दिएका छन्’, मुख्यमन्त्री कँडेलले भने, ‘एमालेको सही नीति, विचार र नेतृत्वकै कारण जनताको आकर्षण बढेको छ । यसलाई कायम राख्न थप क्रियाशीलता आवश्यक छ ।’

उनले जनचाहनाअनुसार काम भइरहेकाले देशमा आर्थिकलगायत क्षेत्रमा सुधारको सङ्केत देखिएको र यसले सरकारप्रति आशा, भरोसा र विश्वास बढेको धारणा राखे । बैठकमा पार्टीका केन्द्रीय सदस्य नवराज रावत, मोहनमाया ढकाल र ठम्मर विष्ट, प्रदेश कमिटी सचिव ध्रुव शाहीलगायत जिल्ला कमिटीका नेताहरूको उपस्थिति रहेको थियो ।