२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी ‘डिपोर्ट’ विमान अवतरण गर्न कोलम्बियाले दिएन, २५ प्रतिशत शुल्क लिने ट्रम्पको घोषणा



अ+ अ-

काठमाडौं । कोलम्बियाले आप्रवासीलाई देशनिकाला गरेर फिर्ता पठाइएका अमेरिकी विमानहरूलाई आफ्नो देशमा अवतरण गर्न नदिने भएको छ ।

अवैध आप्रवासी बोकेर गएका विमानलाई कोलम्बियाले अवतरण गर्न नदिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा प्रतिक्रिया आएको छ । ट्रम्पले कोलम्बियामाथि व्यापार र वित्तीय प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । आइतबार ट्रम्पले कोलम्बियामाथि नयाँ शुल्क र प्रतिबन्धहरू लगाउने घोषणा गरेका हुन् ।

अब अमेरिकाले कोलम्बियाली सामानहरूमाथि २५ प्रतिशत शुल्क लगाउने भएको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत घोषणा गर्दै अमेरिकाले कोलम्बियाबाट आउने सम्पूर्ण आयातमा तत्काल २५ प्रतिशत शुल्क लगाउने बताएका छन् । उनले एक हप्ताभित्र यसलाई ५० प्रतिशतसम्म पुर्‍याइने पनि बताएका छन् । लामो समयदेखि अमेरिका निकट रहेको ल्याटिन अमेरिकी देशमाथि यस्तो कदम चालिएको हो ।

ट्रम्प प्रशासनले कोलम्बियाविरुद्ध वित्तीय तथा बैंकिङ प्रतिबन्धहरू पनि पूर्ण रूपमा लागू गर्ने जनाएको छ । साथै, कोलम्बियाली सरकारी अधिकारीहरूको भिसा रद्द गर्ने र यात्रा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।

कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले पनि ट्रम्पको कदमको कडा विरोध जनाएका छन् । उनले अमेरिकी सामानहरूमाथि पनि २५ प्रतिशत प्रतिकारात्मक शुल्क लगाउने घोषणा गरेका छन् । अर्को सामाजिक सञ्जाल पोस्टमा उनले उक्त शुल्क ५० प्रतिशतसम्म पुर्‍याइने बताएका छन् ।

ट्रम्पले कोलम्बियाली आयातमा भारी शुल्क लगाउने कदम चालेपछि दुई देशबीचको व्यापारमा ठूलो असर पर्न सक्ने देखिएको छ । सन् २०२२ मा अमेरिका र कोलम्बियाबीचको व्यापार ५३ दशमलव ५ बिलियन डलर पुगेको थियो, जसमा अमेरिकाले ३ दशमलव ९ बिलियन डलर व्यापार लाभ लिएको थियो । कोलम्बियाबाट अमेरिकी बजारमा मुख्य रूपमा कच्चा तेल, कफी, फूलजस्ता उत्पादनहरू निर्यात गरिन्छ ।