२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञान संस्कार बास्केटबलमा पारामाउन्ट र न्युटनको विजयी सुरुआत



अ+ अ-

काठमाडौँ। पारामाउन्ट एकेडेमी र न्युटनले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइज शुक्रबार विजयी सुरुआत गरेके छन् ।

सामाखुशीस्थित आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा पारामाउन्ट ज्ञान संस्कारलाई २७–२० ले पराजित भएको छ ।पारामाउन्टको जितमा सुशान्त थापाले ६ अंक योगदान गरे । आशिष राईको १० अंक सहयोगमा न्युटनले नेचरलाई ३०–२३ ले हरायो ।

जुनियर ब्वाइजमै एन्जल्स हार्टले ह्वाइट माउन्टेनलाई ३९–२४, संस्कृतिले फ्युजन एकेडेमीलाई २५–१४, एचएचसीएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३०–२५, भ्याली पब्लिकले किङडमलाई ३४–२४ र ग्रिनल्यान्डले बसन्त ऋतुलाई २४–१५ ले पाखा लगाए । एन्जल्स हार्टका आकाश घलेले १६, संस्कृतिका अध्याय ठकुरीले ११, एचएचसीएका विशाल नगरकोटीले १८ र भ्याली पब्लिकका अशोक विश्वकर्माले १३ र ग्रिनल्यान्डका राहुल ठगुन्नाले ११ स्कोर गरे ।

जुनियर गल्र्समा टीआईएले एन्जल्स नेसनल स्कुललाई १०–५, बौद्ध चिल्ड्रेन हेभेनले ग्रिनल्यान्डलाई ४१–३३, केभीकेएसएसले ज्ञान संस्कारलाई १६–१०, इबीएले रिब्सलाई ९–३ र भ्याली पब्लिकले न्युटनलाई १९–१५ ले पन्छाए । टीआईएकी शुभश्री सुमनले ८, बौद्धकी जस्मिन गुरुङले १६, केभीकेएसएसकी खुशी मिटोकले ८, इबीएकी अनामिका पटेलले ५ र भ्याली पब्लिककी सोनीमाया तामाङले ९ अंक बटुलेको छ ।

प्रतियोगिताको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा र ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । माघ १८ गतेसम्म च जुनियर ब्वाइजमा २४ र जुनियर गल्र्समा १६ गरी ४० टिम सहभागी छन् ।