२ पुष २०८२, बुधबार
,
Latest
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञान संस्कार बास्केटबल भोलिदेखि



अ+ अ-

काठमाडौं। ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

जुनियर ब्वाइजमा २४ र जुनियर गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले जानकारी गराइन् । ब्वाइज टिमलाई ८ समूह तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

ब्वाइजको प्रत्येक समूहबाट शीर्ष २ टोली प्रिक्वाटरफाइनलमा पुग्ने छन् । गल्र्सको हरेक समूहको विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । विधागततर्फ ‘मोस्ट भेलुएबल प्लेयर’ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ र सर्वाधिक स्कोरकर्तालाई पनि पुरस्कृत गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जानकारी दिए ।

प्रतियोगितामा कक्षा ७ सम्म अध्ययनरत विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने छन् । जुनियर ब्वाइज स्पर्धा मात्र समावेश गरिएकोमा प्रधानाध्यापक बडूले भनिन् ‘अहिले हाम्रो विद्यालयमा कक्षा ७ सम्म पढाई हुन्छ । त्यसैले हामीले जुनियरको स्पर्धा मात्र समावेश गरेका हौं । हरेक वर्ष हामी कक्षा पनि बढाउदै जान्छौं ।

त्यसै अनरुप प्रतियोगिताको संरचनालाई पनि परिवर्तन गर्दै जाने छौं ।’ प्रतियोगिताका खेलहरु सामाखुशीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ । प्रतियोगितामा जम्मा ७० खेल हुनेछ । फाइनल माघ १८ गते हुनेछ ।