२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावलको अभियानमा सहभागी भएका ६ जना नेता एमालेको कारबाहीमा



अ+ अ-

काठमाडौं । अछाममा पार्टी हित विपरीत काम गर्ने ६ जना जिल्ला कमिटीका नेताहरूलाई नेकपा एमालेले कारबाही गरेको छ ।

भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानको पक्षमा लागि पार्टी हित विपरीत काम गर्नेलाई पार्टी जिल्ला कमिटीले कारबाही गरेको हो । पार्टी जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले विज्ञप्ति जारी गरी पार्टीको विधान विपरीतका गतिविधिमा संलग्न भएकोले कारबाही गरिएको स्पष्ट पार्नुभएको छ ।

कारबाहीमा पर्नेमा जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर हुनुहुन्छ । उहाँलाई पार्टीको जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ । ‘मातृभूमि जागरण अभियान नेपाल नामक जुलुसमा समावेश भई पार्टी र सम्माननीय प्रधानमन्त्री एवं पार्टी केन्द्रीय कमिटीका अध्यक्षविरुद्ध अलोकतान्त्रिक र अशोभनीय नाराबाजी गरिएको तथा पार्टीविरुद्धको जुलुसमा सक्रिय भूमिका खेलेको प्रस्टै देखिन्छ,’ विज्ञप्तिमा लेखिएको ।

यस अघि पनि उहाँहरू पार्टी हित विरुद्धको गतिविधिमा लागेको विज्ञप्तिमा उल्लेख छ । त्यस बेला पार्टीप्रति पूर्ण प्रतिबद्ध रहने लिखित आत्मालोचनासहितको स्पष्टीकरण पेस गरेकाले एकटकका लागि कारबाहीको प्रक्रिया अगाडि नबढाउने निर्णय भएकोमा पुनः त्यस्ता गतिविधि दोहोर्‍याएकोले कारबाही गरिएको जनाइएको छ ।