१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही जिल्ला अदालतले रविलाई निकिता र कानून व्यवसायीको जिम्मामा लगायो



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि बिहीबार उपस्थित हुने सर्तसहित हाजिरी जमानीमा छाडेको छ ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बिहीबार बिहान अदालतमा उपस्थित हुनेगरी लामिछानेलाई उनकी श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश गरेको हो ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिन लामिछाने बिहीबार अदालत उपस्थित भएका थिए । आज उनको बयान सकिएको छ । भोलिबाट उनको थुनछेक बहस सुरु हुनेछ ।

सुप्रिम सहकारी ठगीसम्बन्धी अभियोगको प्रतिवाद गर्न बुधबार आफै अदालतमा हाजिर भएका लामिछानेलाई जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा दिनभर बयान लिइएको थियो ।

लमिछानेको मागअनुसार इजलासले बिहान १० बजे अदालतमा उपस्थित हुने शर्तमा हिरासत बस्नु नपर्ने गरी बाहिरै बस्ने सुविधा दिएको हो । गएको आइतबार लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो कायम गरिएको छ ।