६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नीति, विधि र पद्दतिलाई आत्मसात गरेर खटिन महानिरीक्षक अर्यालको निर्देशन

नीति, विधि र पद्दतिलाई आत्मसात गरेर खटिन महानिरीक्षक अर्यालको निर्देशन
अ+ अ-

काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लाका स्थानीय सर्वसाधारणलाई जिम्मेवार र जवाफदेही बनाउँदै सशस्त्र प्रहरीसँगको सम्बन्धलाई थप प्रभावकारी तुल्याइने बताए ।

‘२४औँ सशस्त्र प्रहरी दिवस–२०८१’ को अवसरमा एपिएफ हेडक्वार्टर हल्चोकमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमलाई निरन्तरता दिई थप रचनात्मक र भावनात्मक सहयोगका कार्यक्रम सञ्चालन गरिने बताए ।

महानिरीक्षक अर्यालले उच्च नैतिक चरित्रवान् भई व्यावसायिकता र असल आचरणको नमूना प्रस्तुत गर्न सकल दर्जालाई निर्देशन दिँदै आफ्नो कर्तव्यबाट विचलित र विमुख हुने छुट कसैलाई नभएको स्पष्ट परेका छन् । “सङ्गठनमा नीति, विधि र पद्दति छ, यसलाई सबैले मनन् गरी प्रणाली र पद्दतिलाई आत्मसाथ गरेर कर्तव्यपथमा लाग्नुपर्छ ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सङ्गठनका तर्फबाट पहिलो पटक २०८१ साल जेठ ७ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई एपीएफ सम्मान प्रदान गरेका छन्। त्यसअवसरमा महानिरीक्षक अर्यालले नागरिकको सेवा, सुरक्षा र सहयोग र उद्धारमा उत्कृष्ट कार्य गरी ‘वर्ष जवान–२०८१’ घोषित नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत सशस्त्र प्रहरी सहायक हबल्दार किरणबहादुर भण्डारीलाई ‘वर्ष जवान’ को ट्याग प्रदान गरेका छन् ।

महानिरीक्षक अर्यालले यसवर्ष सर्वोत्कृष्ट इकाई हुन सफल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं २१ दक्षिणकाली गण ललितपुर, नं ३० गुल्म स्याङ्जा र मद्दत तथा सेवा गुल्म मकवानपुरलाई ‘रनिङ अवार्ड’ प्रदान गरेका छन्। सो अवसरमा उत्कृष्ट कार्य गरेबापत सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापा पुरस्कृत भएका छन् ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

सो अवसरमा महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै सङ्गठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण र कर्तव्य पालनाको सिलसिलमा घाइते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । समारोहमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारी र परिवारजनको हकहितमा विभिन्न कल्याणकारी योजना घोषणा गरेका छन् । रासस