४ बैशाख २०८२, बिहीबार
April 17, 2025 Thursday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.66

Wind: 2.06

Humidity: 100

Latest
माग सम्बोधन गर्न भूमि समस्या सामाधान आयोगलाई आग्रह रास्वपा महाधिवेशन फागुनमा,सातै प्रदेशका इन्चार्ज तोकिए नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला युवा पुस्तालाई स्वदेशमा आयआर्जनको व्यवस्था मिलाउन आवश्यकः मुख्यमन्त्री लामा कमलले फेरि भने: तिनकुने घटनामा पक्राउ परेकालाई छाडियोस् लालगढमा सातै प्रदेशका उपसभामुखको सम्मेलन शुरु ६ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्य विकास हुँदै गयोः मन्त्री राणा प्रयास नेपालका बालबालिकालाई हिमालय एयरलाइन्सद्वारा सहयोग चार भुटानी शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सी र पुटिनबीच भिडियो वार्ता



अ+ अ-

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भिडियो वार्ता गर्नुभएको बेइजिङको सरकारी मिडियाले जनाएको छ ।

सी र पुटिनले ‘जनवरी २१ को दिउँसो बेइजिङको ग्रेट हल अफ द पिपलमा भिडियो बैठक गर्नुभएको’ सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।

प्रसारकले वार्तामा के विषयमा छलफल भयो भन्ने बारे तत्काल विवरण दिएको छैन । चीनले सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेपछि आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गर्न खोजेको छ ।

तर बेइजिङ मस्कोको नजिकको राजनीतिक र आर्थिक साझेदार बनेको छ र युद्धको कहिल्यै निन्दा गरेको छैन । त्यसैले केही नाटो सदस्यहरूले बेइजिङलाई द्वन्द्वको ‘सहजकर्ता’ का रूपमा चित्रण गरेका छन् ।

दुवै पक्षले सी र पुटिनको कथित बलियो व्यक्तिगत सम्बन्धलाई महत्त्व दिएका छन् । सीले रुसी नेतालाई आफ्नो ‘सबैभन्दा राम्रो साथी’ भन्नुभएको छ भने पुटिनले सीलाई ‘भरपर्दो साझेदार’ का रूपमा प्रशंसा गर्नुभएको छ ।

गत महिना पुटिनलाई पठाएको नयाँ वर्षको सन्देशमा सीले ‘विश्व शान्ति र विकास’ लाई बढावा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको सिसिटिभीले जनाएको छ ।

“एक शताब्दीमा नदेखिएको तीव्र परिवर्तन र अशान्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै चीन र रुस गुटनिरपेक्षता, गैर–द्वन्द्व र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने सही मार्गमा निरन्तर अघि बढिरहेका छन्”, प्रसारकले सीलाई उद्धृत गरेको छ ।