१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपथ लिनुअघि ट्रम्पले ल्याए आफ्नै क्रिप्टोकरेन्सी



अ+ अ-

एजेन्सी। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिनुअघि आफ्नै क्रिप्टोकरेन्सी लन्च गरेका छन्।

जसको बजार पुँजी द्रुत गतिमा बढेर केही अर्ब डलर पुगेको छ । ट्रम्पले सोमबार अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दैछन् । यसअघि उनले आफ्नो नाममा मेम कोइन लन्च गरेका हुन् ।

यो क्रिप्टोकरेन्सीलाई ‘डलरट्रम्प’ नाम दिइएको छ, जुन ट्रम्पको सहयोगी कम्पनी सीआईसी डिजिटल एलएलसीले ल्याएको हो । यो कम्पनीले यसअघि ट्रम्पको नाममा ब्राण्डेड जुत्ता र अत्तर बेच्ने गरेको थियो ।

मेम कोइन वा क्रिप्टोकरेन्सी कुनै पनि भाइरल इन्टरनेट वा आन्दोलनको लोकप्रियता बढाउन प्रयोग गरिन्छ । CoinMarketCap.com नामक वेबसाइटकाअनुसार डलरट्रम्पको सुरुवात भएको केही घण्टापछि शनिबार दिउँसोसम्म यसको बजार मूल्य ५.५ विलियन डलर पुगेको छ ।

मीम क्वाइन या क्रिप्टोकरेन्सीको प्रयोग कुनै प्रकारको भाइरल इन्टरनेट वा आन्दोलनको लोकप्रियता बढाउनका लागि प्रयोग गरिन्छ। यद्दपि यसको मूल्य निकै कम भएको र यो निकै अस्थिरसमेत रहेको बताइएको छ।