१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना संक्रमित ५७ लाख, ९१ हजार १४९ को मृत्यु



अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा ८६ हजार ५०८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा एक हजार १२९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ९१ हजार १४९ जना पुगेको छ । 

भारतमा हाल ९ लाख ६६ हजार सक्रिय संक्रमित छन् भने ४६ लाख ७४ हजार ९८८ जना निको भएर डिस्चार्ज भइसकेका छन् । 

भारतीय राज्य महाराष्ट्र सबैभन्दा प्रभावित रहेको छ । त्यहाँ हालसम्म २ लाख ७४ हजार सक्रिय संक्रमित छन् भने ९ लाख ५७ हजार निको भएकार छन् । यहाँ ३३ हजार ८८६ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । 

कर्नाटका राज्यमा हाल करिब ९५ हजार व्यक्ति सक्रिय संक्रमित छन् भने ४ लाख ३८ हजार निको भएर डिस्चार्ज भइसकेका छन् । यहाँ ८ हजार २६६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

अर्कोतर्फ आन्ध्र प्रदेश तेस्रो सर्वाधिक प्रभावित राज्य बनेको छ । यहाँ हाल ७० हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् भने ५ हजार ५०७ जनाको मृत्यु भइसकेको छ । राज्यमा ५ लाख ७० हजार मानिस निको भएर घर फर्किएका छन् । 

यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषद ९आइसिएमआर० ले सेप्टेम्बर २३ तारिखसम्म कूल ६ करोड ७४ लाख ३६ हजारको परीक्षण गरिएको जनाएको छ । पछिल्लो एक दिनमा मात्र ११ लाख ५६ हजारको स्वास्थ्य परीक्षण गरिएको थियो । 

मन्त्रालयका अनुसार कोरोनाभाइरस संक्रमितहरुको निको हुने दर पाँचौं दिनसम्म लगातार वृद्धि भइरहेको छ ।