काठमाडौं । काठमाडौं जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई‘ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
रवि गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । यसअघि रविलाई कास्की अदालतले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।