१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ८० प्रतिशत नागरिकलाई दुषित पानी खुवाएको छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले नागरिकलाई दुषित पानी खुवाउने गरेको आरोप लगाउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले सरकारले पानी खुवाएको तर खुवाएकोमध्ये ८० प्रतिशत जनतालाई दुषित पानी खुवाएको बताउनु भयो । उहाँले नागरिकमाथिको यस्तो व्यवहार सरकारले गर्नु नहुने बताउनु भयो । उहाँले शिक्षामा पनि विद्यार्थीलाई दिवा खाजाको प्रलोभन देखाएर भर्ना गर्ने तर शिक्षाको गुणस्तर सुधार गर्नेतर्फ अघि नबढेको बताउनु भयो । उहाँले तथ्यांकमा अब्बल देखाउनका लागि मात्रै गरिएको कामले प्रतिफल नदिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले पानी त ख्वायाँै तर दुषित पानी खुवाइरहेका छौँ । यो त गम्भीर विषय भयो नि । बरु नखुवाउँदै ठिक हुन्छ नि । खानेपानी हामीले ९० प्रतिशत भन्दा माथि जनसंख्यालाई खुवायौँ भनेका छौँ । तर करिव त्यो मध्येको ८० प्रतिशत जनतालाई त दुषित पानी खुवाएका छौँ । जिउँदै मार्ने टाइपको । यो विषय कति गम्भीर छ । शिक्षाको बारेमा जनतालाई ललिपप देखाएर आफूतिर आकर्षित गरेजस्तो गरेर स्कुलमा धेरै भर्ना गर्नको निम्ति खाजाको व्यवस्था गरिएको हुन्छ । त्यही पनि त्यसको गुणस्तर त आफ्नो ठाउँमा छ । किन १० लाख १५ लाख विद्यार्थी शुरुमा हुन्छ, अन्तिममा पुग्दा माध्यामिक विद्यालयसम्म पुग्दा ५ लाख पनि हामी बुझाउन धौ धौ । हामी डाटामा आफूलाई अब्बल देखाउनको निम्ति खाजा भन्ने वस्तु देखाउँछौँ, र भर्नातिर ल्याउँछौँ । क्वान्टिटिमा बढी ध्यान दिने तर क्वालिटीमा छैन ।’

अध्यक्ष दाहालले कति सडक, बिल्डिङ र उद्योग बने भन्नेकुराले मात्रै नेपाली जनताको मापन गर्ने नभइ नेपाली जनताको जीवनस्तरमा कति प्रगति भयो भन्नेबारेमा मापन गर्न जरुरी रहेको बताउनु भयो ।