२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविका वकिलको मागः तारेखमा बसेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्छ



file photo
अ+ अ-

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछानेको काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।

बुधबार लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरिरहेका छन् । बहसमा दुवै वरिष्ठ अधिवक्ताले सहकारी ठगीमा लामिछाने निर्दोष भएको जिकिर गरे ।

सरकारले दूषित मनसायका साथ अदालतमा अभियोग पत्र दायर गरेको भन्दै उनीहरुले गोर्खा मिडियामा ल्याईएको रकमबारेमा लामिछानेलाई थाहा नभएको दाबी गरे । गोर्खा मिडियाको सबै कारोबार जीबी राईले गरेको बताउदै अधिवक्ता पन्तले यसमा लामिछानेको संलग्नता नरहेको   जिकिर गरे । उनले लामिछानेले तारेखमा बसेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने बताए ।

जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका लामिछाने गत आइतबार आफैं अदालतमा उपस्थित भएका थिए । काठमाडौंमा उनको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको छ ।

रविविरुद्ध बहस गरेका सरकारी वकिलहरूले भने उनलाई थुनामै राख्नुपर्ने माग गरेका छन् ।