३ भाद्र २०८३, बुधबार
,
Latest
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाली क्रिकेटर डिन जोन्सको निधन



अ+ अ-

मुम्बईः अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको हृदयाघातका कारण बिहीबार मुम्बईमा निधन भएको छ । उहाँ ५९ वर्षका हुनुहुन्थ्यो ।
इन्डियन प्रिमियर लिग (आइपिएल) को कमेन्टेटरको रुपमा सहभागी हुन मुम्बईमा रहनु भएका जोन्सलाई मध्यान्हपख हृदयाघात भएको थियो ।
बुधबार मात्र क्रिकेट कमेन्ट्रीमा सहभागी भएका डिन जोन्स आज बिहीबार बिहान साथीहरुसँग बिहानको खाजानास्ता र समीक्षापछि होटल फर्किनु भएको थियो । होटलमा उहाँलाई हृदयाघात भएको थियो ।
जोन्सले अस्ट्रेलियाका लागि ५९ टेस्ट र १६४ एकदिवसीय क्रिकेट खेल्नु भएको थियो । उहाँले भारतको चेन्नाईमा भारत विरुद्ध दोहोरो शतक (२१० रन) प्रहार गर्नु भएको थियो । त्यो म्याचमा दुबै टिमबाट बराबर रन बनेका कारण “टाई” भएको थियो ।
उहाँ सन् १९८७ को अस्ट्रेलियाली विश्वकप टिमका सदस्य पनि रहनु भएको थियो जसमा अस्ट्रेलिया विजयी भएको थियो । उहाँले सन् १९९७–१९९८ मा क्रिकेटबाट सन्यास लिएपछि प्रशिक्षण र कमेन्ट्रीमा आफूलाई व्यस्त राख्नु भएको थियो ।