३ भाद्र २०८३, बुधबार
,
Latest
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्नलाई यूईएफए सुपरकपको उपाधि



अ+ अ-

बुडापेस्ट । बिहीबार बायर्न म्युनिकले सेभियालाई अतिरिक्त समयमा २–१ ले हराएर यूईएफए सुपरकपको उपाधी हाँसिल गरेको छ । यो कोरोना महामारीबीच दर्शकसहित भएको यो पहिलो ठूलो युरोपेली खेल हो ।  सब्स्टिच्युट जाभी मार्टिनेजले १०४औं मिनेटमा युरोपेली च्याम्पियनका लागि निर्णायक गोल गरे । यसअघि युरोपा लिग विजेता सेभियाले १३ औं मिनेटमा लुकास ओकाम्पोसको गोलले अग्रता लिएको थियो । लियोन गोरटेज्काले ३४ औं मिनेटमा बराबरी गोल फर्काए ।

पूरा खेल अवधिमा बायर्नकै दबदबा देखिएको थियो । बायर्न पछिल्ला ३२ खेलमा अपराजित रहेको छ र उसले यसक्रममा घरेलु लिग तथा कप दुवै जितेको थियो । यस्तै बार्यनले युरोपेली च्याम्पियन्स लिग पनि जितेको थियो ।

सन् २०१९ को डिसेम्बरमा बायर्न अन्तिम पटक पराजित रहेको थियो । बुडापेस्टको पुस्कास एरेनामा भएको खेलमा १५ हजार दर्शकलाई प्रवेशको अनुमति दिइएको थियो । युरोपेली फुटबलमा दर्शकको पुनरागमनका लागि यो पहिलो प्रयास मानिएको छ ।