९ असार २०८३, मंगलवार
,
Latest
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छः महान्यायाधिवक्ता खाती



अ+ अ-

काठमाडौँ । महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयको छवि उच्च राख्नका लागि कानुन व्यवसायी आफ्नो पेसाप्रति इमान्दार हुनुपर्ने बताउनुभएको छ । नेपाल कानुन व्यवसायी परिषद्ले आयोजना गरेको २९औँ पूर्वव्यावसायिक आधारभूत तालिम आज शुभारभ्भ गर्दै उहाँले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका बनाउनका लागि  कानुन व्यवसायी इमान्दार हुनुपर्नेमा जोड दिनुभएको हो । 

“कानुन व्यवसायीले पेशागत निष्ठाभन्दा अरु केही गर्न हुँदैन”, महान्यायाधिवक्ता खालीले भन्नुभयो, “न्यायालयको छवि उच्च राख्न र पेसागत सुरक्षाका लागि विचलित नभइकन कानुन व्यवसायीले काम गर्नुपर्छ ।” नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय स्वच्छ र निष्पक्ष बनाउन कानुन व्यवसायी निर्भिक भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले न्यायापालिकालाई स्वतन्त्र, सक्षम र निष्पक्ष बनाउनका लागि बारले निरन्तर आवाज उठाइरहेको छ भन्नुभयो । 

सो अवसरमा महान्यायाधिवक्ता खातीले नवोदित कानुन व्यवसायीका लागि उपयोगी हुने हाते पुस्तक सार्वजनिक गर्नुभएको थियो । बार काउन्सिलले प्रकाशन गरेकोे उक्त पुस्तक उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्मा, वरिष्ठ अधिवक्ता तथा नेपाल कानुन व्यवसायी परिषद्का सदस्य डा चन्द्रकान्त ज्ञावली र अधिवक्ता पूजा भण्डारीले तयार गर्नुभएको हो ।  
     
उक्त पुस्तकमा व्यावहारिक मस्यौदा, सीप, सेवाग्राहीसँग परामर्श, बहस कला तथा कानुन व्यवासायीको आचार संहितालागयत विषय समावेश गरिएको छ । तालिममा एकहजार एकसय तीन नवोदित कानुन व्यवसायी सहभागी छन् । बार काउन्सिलको तथ्याङ्कअनुसार हाल २० हजार कानुन व्यवसायी क्रियाशिल छन् ।