२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइब्रेकरमा टोटनहमको चेल्सीमाथीको जित



अ+ अ-

लन्डन । मंगलबार लिगकपमा टोटनहमले चेल्सीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको छ । चौथो चरणको खेलका निर्धारित समय १–१ को बराबरीमा रहेको थियो । पेनाल्टी सुटआउटमा चेल्सीका लागि मेसन माउन्टको प्रहार गोल हुन सकेन ।

चेल्सीका लागि उनले गरेको पाँचौं प्रहार पोस्टमा लागेको थियो । यसलाई छाडेर यसअघिका सबै प्रहार गोल भए । यसअघि चेल्सीले जर्मन फरवार्ड टिमो वार्नरको गोलले १९ औं मिनेटमा अग्रता लिएको थियो ।

टोटनहमका तर्फबाट एरिक लमेलाले ८४ औं मिनेटमा बराबरी गोल फर्काए । टोटनहम व्यवस्थापक जोसे मोउरिन्हो आफ्नो पूर्व क्लब चेल्सीविरुद्ध दोस्रो रोजाईका खेलाडीको बाहुल्य रहेको टिम उतारेको थियो ।