३ भाद्र २०८३, बुधबार
,
Latest
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइब्रेकरमा टोटनहमको चेल्सीमाथीको जित



अ+ अ-

लन्डन । मंगलबार लिगकपमा टोटनहमले चेल्सीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको छ । चौथो चरणको खेलका निर्धारित समय १–१ को बराबरीमा रहेको थियो । पेनाल्टी सुटआउटमा चेल्सीका लागि मेसन माउन्टको प्रहार गोल हुन सकेन ।

चेल्सीका लागि उनले गरेको पाँचौं प्रहार पोस्टमा लागेको थियो । यसलाई छाडेर यसअघिका सबै प्रहार गोल भए । यसअघि चेल्सीले जर्मन फरवार्ड टिमो वार्नरको गोलले १९ औं मिनेटमा अग्रता लिएको थियो ।

टोटनहमका तर्फबाट एरिक लमेलाले ८४ औं मिनेटमा बराबरी गोल फर्काए । टोटनहम व्यवस्थापक जोसे मोउरिन्हो आफ्नो पूर्व क्लब चेल्सीविरुद्ध दोस्रो रोजाईका खेलाडीको बाहुल्य रहेको टिम उतारेको थियो ।