२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिले हुन्छ अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल ?



अ+ अ-

एजेन्सी । विश्व टेष्ट च्याम्पियनसिपका दुबै फाइनल टिमको टुगों लागेको छ ।

डब्लुटीसीको फाइनलमा दक्षिण अफ्रिका र अष्ट्रेलिया खेल्नेछन् । दक्षिण अफ्रिका पाकिस्तानलाई हराउदै यसअघि नै उपाधि भिडन्तमा प्रवेश गरेको थियो भने अष्ट्रेलियाले सिड्नी टेस्टमा भारतलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

यसअघिका दुवै पटक फाइनलमा पुगेको भारतले यसपटक भने बाहिरिएको छ।

डब्लुटीसी फाइनल कहिले र कहाँ खेलिन्छ?

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल पछिल्लो दुई पटक इंग्ल्याण्डको लर्ड्स मैदानमा खेलिएको थियो । अब २०२५ को फाइनल पनि ऐतिहासिक लर्ड्स मैदानमा हुनेछ । यो खेल जुन ११ बाट सुरु हुनेछ ।

अष्ट्रेलिया लगातार दोस्रो पटक फाइनलमा पुगेको छ भने दक्षिण अफ्रिका पहिलो पटक उपाधि जित्ने तयारीमा हुनेछ। सन् २०२३ मा भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गरेको थियो ।