२३ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् छलेर सरकार अध्यादेशको बाटोमा गयोः माओवादी केन्द्र



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्को हिउँदे अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने बताएको छ ।

शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् ।

सापकोटाले संसदमा रहेका सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने बताए । उनले संसद छलेर सरकारले दलविभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको आशंका व्यक्त गरे ।

उनले भने, ‘संसद् अधिवेशन बोलाउन धेरै नै ढिला भएको छ । म सभामुख हुँदा समयमै अधिवेशन बोलाउने गरेको थिएँ । अहिले पुस १९ गते भइसक्यो सर्वथा बेठिक कुरा भइराखेको छ । ‘सरकारको नियत राम्रो देखिएको छैन । सदन छलेर अध्यादेश ल्याउने बाटोमा सरकार गइरहेको छ । त्यो अध्यादेश पनि पार्टीहरूलाई विभाजन गर्नतिर रहेको छ । सरकारको यी गतिविधिले लोकतन्त्रमाथि गम्भीर समस्या हुँदैछ ।’