१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी

बिआरआईअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणाः झलनाथ खनाल

बिआरआईअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणाः झलनाथ खनाल
file photo
अ अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड एनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा भएको टिप्पणी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई फ्रेमवर्क एग्रिमेण्ट गर्नुभएको भन्दै अब बिआरआई परियोजनाअन्तर्गत नयाँ योजनाहरु ल्याउन सकिने सम्भावनाहरु रहेको बताउनु भयो ।

उहाँले अझै गहन छलफल गरेर बौद्धिक व्यक्तिका सुझाव लिएर देशको हितमा योजनाका प्रश्तावहरु चीनसँग लैजानुपर्ने बताउनु भयो । उहाँले ऋण लिनै हुँदैन, अनुदान मात्रै लिनुपर्छ भन्नु थोत्रो र चिन्तन गर्न नस्क्ने, भिजन क्रिएट गर्न नसक्ने अवधारणा रहेको बताउनु भयो । यस्तो अवधारणा ल्याउनु देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरुको कुरा मात्रै भएको बताउनु भयो । देशको आवश्यकताअनुसार आफ्ना परियोजनाहरु बनाएर अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले बीआरआई फ्रेमवर्क एग्रिमेण्ट भएको छ । यसपछि हामीले अरु नयाँ योजनाहरु ल्याउन सकिने सम्भवानहरु छन् । ति सम्भावनाहरु जो छन्, तिनालई अझै कम्पिटली केलाएर नेपाल सरकारले हाम्रो देशका बौद्धिक शक्तिको सुझाव लिएर यो देशको हित कसरी हुनसक्छ रु त्यो राष्ट्रिय हितलाई सर्वोपरी राखेर त्यस्ता योजनाहरुको प्रश्तावहरु लगियो भने त्यसले हामीलाई फाइदा पु¥याउनसक्छ । यो लोन लिनै हुँदैन, ग्राण्ड मात्रै लिनुपर्छ भन्नेखालका जुन अवधारणाहरु हुन्, यि अवधारणा भनेका आफैँमा थोत्रा अवधारणा हुन् । यो चिन्तन गर्न नसक्ने, भिजन क्रिएट गर्न नसक्ने, विषयवस्तुलाई बेनिफिट गरेर बुझ्न नसक्ने र आफ्नै देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरुका कुरा मात्रै हुन् । हामीले देशको आवश्यकता के हो ? त्यसअनुसार आफ्ना परियोजनाहरु बनाएर अघि बढ्न सक्नुपर्छ । त्यसो गर्नसके मात्रै बिआरआईबाट हुनसक्ने फाइदाहरु लिनसक्छौँ ।’

सम्मानित नेता खनालले नेपालमा बिआईआई परियोजनाका बारेमा भ्रमहरु फैल्याइएको बताउनु भयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जरुरी नरहेको बताउनु भयो ।