१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट

भण्डारण गरिने जलस्रोतका परियोजनाहरुको सम्बन्धमा छुट्टै ऐन बनाउन आवश्यकः सूर्यनाथ उपाध्याय

भण्डारण गरिने जलस्रोतका परियोजनाहरुको सम्बन्धमा छुट्टै ऐन बनाउन आवश्यकः सूर्यनाथ उपाध्याय
अ अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले भण्डारण गरिने जलस्रोतका परियोजनाहरुको सम्बन्धमा छुट्टै ऐन बनाउन सुझाव दिनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका बैठकमा उहाँले यस्तो सुझाव दिनुभएको हो ।

उहाँले नदीनालाहरु सम्बन्धि परियोजना र ड्याम बनाएर जलस्रोत भण्डारण गर्नुपर्ने परियोजनामा धेरै फरक हुने बताउनु भयो । उहाँले जलस्रोतको लागि भनेर एउटा ऐन बनाएर मात्र नपुग्ने बताउनु भयो । उहाँले भण्डारण गरिने जलस्रोतसम्बन्धी ऐन बनाउन नसके जलस्रोतको उपयोग र त्यसबाट मुनाफा लिन नसकिने जिकिर गर्नुभयो । उहाँले उर्जा हावाबाट पनि निकाल्न सकिने उल्लेख गर्दै उहाँले नेपालको सन्दर्भमा पानिको विकल्प नरहेको बताउनु भयो । उहाँले पानीको लागि धनि छौं कि गरिब ? भन्ने बहस गर्नुभन्दा उपलब्ध जलस्रोतको सदुपयोगमा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो जलस्रोतको जुन चाहीँ स्थिति छ त्यो स्थितिलाई रणनीतिक रुपमा प्रयोग गर्नुपर्छ । र भण्डारण गरिने जलस्रोतको लागि बेग्लै ऐन बनाउनुपर्छ । बेग्लै ऐन नभइकन हुँदैन । नदीनालाहरुको प्रोजेक्ट र ड्याम बनाउनुपर्ने परियोजनाहरुमा जमिन अस्मानको फरक छ । त्यसकारण जलस्रोतको लागि मात्र भनेर एउटा ऐन बनाएर मात्र पुग्दैन । त्यसभित्र कस्तो नेचरको डेभलवमेण्ट हो । त्यसको बारेमा पनि हामीले ऐन बनाउनुपर्छ । जलस्रोतकै बाट बनेपनि अन्त बनेपनि आवश्यक छ । यदि त्यो नहुने हो भनेदेखि हाम्रो जलस्रोतको राम्रो उपयोग पनि हुन सक्दैन । त्यसबाट केही मुनाफा पनि लिन सकिँदैन । हामीले जस्तोसुकै उर्जाको कुरा गरेपनि एउटा कुरा के हो भने जलस्रोत भनेको नभई नहुने कुरा हो । उर्जा हावाबाट निकालेर पनि गर्न सकन्छि । तर उर्जा खाएर हिँड्न सकिँदैन । पानीको कुनै पनि हालतमा डिस्पेस्मेण्ट चाहियो । अहिलेसम्म त्यस्तो देखिएको छैन । पानीको विकल्प हामीसित छैन । हामी अरु देशभन्दा धनी छौं कि छैनौैं भन्ने कुराभन्दा पनि हामीसँग जति जे छ त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो । पानी हाम्रो देशको स्रोत यो सबैभन्दा महत्वपूर्ण कुरा हो । यसको विकल्प छैन ।’

समितिले मंगलवार जलस्रोत विधेयकका सम्बन्धमा विज्ञहरुसँग सुझाव लिएको छ ।