२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएलमा शनिबार दुई खेल, स‌ंकटमा राजस्थान



अ+ अ-

दुबईः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शनिबार दुई खेल हुँदैछन् । पहिलो खेल राजस्थान रोयल्स र विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरबीच हुँदैछ । यो खेल अपराह्न ३ बजे शुरु भइसकेको छ ।

दोस्रो खेल भने दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच हुनेछ । यो खेल नेपाली समयअनुसार साँझ ७.४५ बजे शुरु हुनेछ ।

पहिलो खेल अन्तर्गत राजस्थान रोयल्सले टस जिती पहिले ब्याटिङ रोजेको छ । राजस्थानका कप्तान स्टिभन स्मिथ व्यक्तिगत ५ रन बनाएर इसुरु उडानाको बलमा आउट भएका छन् भने जस बटलर पनि २२ रन बनाएर नवदीप सैनीको बलमा आउट भए ।

अंक तालिकामा पाँचौं स्थानमा रहेको राजस्थान र छैटौं स्थानमा रहेको बैंगलोरको समान ४–४ अंक छ यी दुबै टिमले समान ३–३ खेल खेलेका छन् । पहिलो स्थानमा रहेको मुम्बई इन्डियनको पनि ४ अंक नै छ, तर उसले १ खेल बढी खेलेको छ ।

अन्तिम स्थानमा रहेको चेन्नाई सुपर किंग्सको ४ खेलबाट २ अंक मात्र छ, र ऊ अंक तालिकामा पुछारमा छ ।
एजेन्सी