२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीको शानदार प्रदर्शन, बैंगलोरद्वारा राजस्थान पराजित



अ+ अ-

दुबईः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शनिबार भएको पहिलो खेलमा विराट कोहलीको शानदार प्रदर्शनका कारण रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । २० ओभरको खेलमा राजस्थान रोयल्स ८ विकेटले पराजित भयो ।

राजस्थान रोयल्सले टस जिती पहिले ब्याटिङ रोजेको थियो । राजस्थानका कप्तान स्टिभन स्मिथ व्यक्तिगत ५ रन बनाएर इसुरु उडानाको बलमा आउट भएका थिए भने जस बटलर पनि २२ रन बनाएर नवदीप सैनीको बलमा आउट भए ।

युवा क्रिकेटर महिपाल लमरोरले ४७ तथा राहुल तेबतीयाले बनाएको २४ रनको मद्दतले राजस्थानले ६ विकेट क्षतिमा १५४ रन बनाएको थियो ।

राजस्थानलाई सस्तोमै समेट्ने क्रममा बैंगलोरका यजुबेन्द्र चहलले ३ विकेट लिएका थिए । अर्का बलर इसुरु उडानाले २ विकेट लिएका थिए ।

जितका लागि १५५ रनको लक्ष्य पाएको बैंगलोरले १९.१ ओभरमा १५८ रन बनाएर जित प्राप्त गरेको थियो । बैंगलोरका लागि ओपनिङ ब्याट्सम्यान देवदत्त पाडिकलले ६३ र आरोन फिन्चले ८ रन बनाएका थिए ।

तर जितका हिरो भए विराट कोहली । यसअघिका खेलमा राम्रो प्रदर्शन गर्न नसकेका कप्तान कोहलीले ५३ बलमा ७२ रनको नटआउट पाली खेले । उनले ७ चौका र २ छक्का प्रहार गरे । 

यस जितसँगै बैंगलोरले ४ खेलबाट ६ अंक सहित पहिलो स्थानमा उक्लिएको छ ।

अन्तिम स्थानमा रहेको चेन्नाई सुपर किंग्सको ४ खेलबाट २ अंक मात्र छ, र ऊ अंक तालिकामा पुछारमा छ ।

आजै शनिबार दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुँदैछ । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २ ओभरको खेलमा बिनाक्षति १६ रन बनाइसकेको छ । यस खेलमा पनि नेपाली युवा बलर सन्दीप लामिछानेले माैका पाएका छैनन् ।