८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन
अ+ अ-

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ । उहाँको आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उनको निधन भएको कार्टर फाउन्डेसनले जनाएको छ ।

आइतबार पारिवारिक सदस्यको जमघट भएको समयमा उनको निधन भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले उनको निधनपछि शोक वक्तव्य जारी गर्दै उनकी प्रिय साथी तथा असाधारण नेता भएको बताएका छन् । यसैगरी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पनि अमेरिकाका एक असाधारण नेताको रूपमा कार्टरलाई सबैले सम्झने बताए ।

सन् १९७७ देखि १९८१ सम्म राष्ट्रपति भएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति समेत हुन् । राजनीतिमा प्रवेश गर्नु अघि उनी सामान्य किसान तथा अमेरिकी जल सेनाका लेफ्टिनेन्ट थिए । यसअघि उनकी श्रीमती रोसलायन कार्टरको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो। अमेरिकी इतिहासमा सबैभन्दा लामो समयको जोडीको रूपमा समेत उनीहरूको कीर्तिमान थियो। उनीहरू ७५ वर्ष एकै साथ रहेका थिए ।

गत वर्ष छालाको क्यान्सर भएपछि उनी घरमा आराम गरिरहेका थिए । रोग कलेजो र मस्तिष्कमा समेत फैलिएको थियो ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र उपराष्ट्रपति कमला ह्यारिसले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् । बेलायती राजा र्चाल्सले उनको निधनमा शोक व्यक्त गरेका छन् । ह्यारिसले अहिले अमेरिका संसारकै सबै भन्दा राम्रो स्थान हुनुमा कार्टरको योगदान रहेको चर्चा गरिन् । बाराक ओबामाले उनको निधनमा शोक व्यक्त गर्दै विशेष सम्झना गरेका छन् । संसारमा शान्ति स्थापनाका लागि गरेको अथक प्रयासका लागि सन् २००२ मा नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो। नेपालको शान्ति प्रक्रियामासमेत कार्टरको विशोष योगदान रहेको छ ।