२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बई इन्डियनको जित, अंक तालिकामा पहिलो



अ+ अ-

दुबईः इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार अपराह्न खेलिएको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा २०७ रनको विशाल स्कोर खडा गरेको थियो । मुम्बईका लागि कप्तान रोहित शर्मा ६ रन बनाएर आउट भएपनि मध्यक्रमका ब्याट्सम्यानहरु क्विन्टन डी ककले ६७, सूर्यकुमार यादवले २७, इसान किसनले ३१, हार्दिक पान्ड्याले २८, कायरन पोलार्डले २५ तथा क्रुनाल पान्ड्याले २० रन बनाएका थिए ।

२०८ रनको विशाल लक्ष्य पहिल्याउने क्रममा सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रनमात्र बनाएको थियो । सनराइजर्सका कप्तान डेभिड वार्नरले ६० रन बनाउनु बाहेक अन्य खेलाडीले खासै राम्रो खेल्न सकेनन् ।

यो जितसँगै ५ खेल खेलेको मुम्बई ३ जित, २ हारसँगै ६ अंक बनाएर अंक तालिकाको पहिलो स्थानमा उक्लेको छ । (एजेन्सी)