३ भाद्र २०८३, बुधबार
,
Latest
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बई इन्डियनको जित, अंक तालिकामा पहिलो



अ+ अ-

दुबईः इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार अपराह्न खेलिएको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा २०७ रनको विशाल स्कोर खडा गरेको थियो । मुम्बईका लागि कप्तान रोहित शर्मा ६ रन बनाएर आउट भएपनि मध्यक्रमका ब्याट्सम्यानहरु क्विन्टन डी ककले ६७, सूर्यकुमार यादवले २७, इसान किसनले ३१, हार्दिक पान्ड्याले २८, कायरन पोलार्डले २५ तथा क्रुनाल पान्ड्याले २० रन बनाएका थिए ।

२०८ रनको विशाल लक्ष्य पहिल्याउने क्रममा सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रनमात्र बनाएको थियो । सनराइजर्सका कप्तान डेभिड वार्नरले ६० रन बनाउनु बाहेक अन्य खेलाडीले खासै राम्रो खेल्न सकेनन् ।

यो जितसँगै ५ खेल खेलेको मुम्बई ३ जित, २ हारसँगै ६ अंक बनाएर अंक तालिकाको पहिलो स्थानमा उक्लेको छ । (एजेन्सी)