२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनह्यामको उत्कृष्ट प्रदर्शन, म्यान्चेस्टर युनाइटेड ६ गोलले पराजित



अ+ अ-

लन्डनः म्यान्चेस्टर युनाइटेडका लागि यो सिजनको शुरुआत त्यति सहज देखिएको छैन । प्रिमियर लिग अन्तर्गत आइतबार रातिको खेलमा आफ्नै गृह मैदान ओल्ड ट्राफोर्डमा टोटेनह्याम हटस्परले ६ गोल गरेर म्यान्युलाई निराश बनायो ।

खेलको पहिलो हाफमै टोटेनह्यामले ४ गोल गरिसकेको थियो जसमा सन ह्युङ मिनले २ गोल तथा टाँगी एनडेम्बेले र ह्यारी केनले १–१ गोल गरेका थिए । दोस्रो हाफमा ह्यारी केन र सर्जी औरियरले १–१ गोल गरेका थिए ।

म्यान्चेस्टरका तर्फबाट पहिलो हाफमा एक गोल पेनाल्टी मार्फत भएको थियो ।

म्यान्चेस्टरका फरवार्ड एन्थनी मार्सलले २८ औं मिनेटमा म्यान्युको डिबक्सभित्र टोटेनह्यामका खेलाडी एरिक लामेलालाई गालामा हिर्काएको भन्दै रातो कार्ड पाएर मैदान छाड्नु परेपछि म्यान्युको खेल तहसनहस भएको थियो ।

यो हारसँगै प्रिमियर लिगमा म्यान्चेस्टर १६ औं स्थानमा झरेको छ ।