२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवस्था परिवर्तनपछि मात्रै अवस्था परिवर्तन : कमल थापा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकको ब्यवस्था परिवर्तन नगरी अवस्था परिबर्तन हुनै नसक्ने दाबी गरेका छन् । थापाले मुलुकको ब्यबस्था परिबर्तन गर्नुपर्ने समय आएको समेत जिकिर गरे ।

भ्रष्ट ब्यबस्था र भ्रष्ट शासकले मुलुकमा ब्रम्हलुट मच्चाएका छन्, यसको अन्त्यको लागि शसक्त आन्दोलन जरुरी भएको भादै थापाले देश बचाउन र बनाउन आन्दोलको विकल्प नभएको समेत दाबी गरे ।

मुलुकलाई बचाउन र बनाउन राप्रपा नेपालसङ्ग स्पष्ट मार्गचित्र भएको चर्चा गर्दै थापाले बिदेशीले बोकाईदिएको गणतन्त्र ,संघीयता र धर्मनिरपेक्षताको भारिको बोझ मुलुकले धान्न नसक्न्ने समेत बताए । सबै हिन्दूवादी, प्रजातन्त्रवादी, राष्ट्रवादी र राजावादी एक ठाउँमा आएर अहिलेको मनपरीतन्त्र र लुटतन्त्रको अत्य गर्न सडक संघर्ष गर्नुपर्नेमा थापाको जोड थियो ।

पार्टीको काठमाडौं –८ क्षेत्रीय समितीद्वारा नरदेबिमा आयोजित पार्टी प्रवेश तथा सकृय सदस्यता बितरण कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल, केशव श्रेष्ठ, यवती कार्की, प्रदीप कार्की लगायतले बोलेका थिए ।