२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमै प्रजातन्त्रको क्षयिकरण भइरहेको छः प्रथम राष्ट्रपति यादव



अ+ अ-

काठमाडौं : नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयिकरण भइरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसारमा २०२४ मा ठूलो ठूलो प्रजातान्त्रिक देशहरुमा निर्वाचन भएको स्मरण गर्नुभयो । उहाँले सबैकुरालाई नियाल्दा प्रजातन्त्रको क्षय भइरहेको महशुस आफूले गरेको बताउनु भयो । उहाँले अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएको भन्दै ३५ वटा बढी मुद्दा लागेको व्यक्ति राष्ट्रपति बन्नुले पनि प्रजातन्त्रको क्षय भइरहेको महशुस हुने बताउनु भयो । उहाँले लोकतन्त्रका लागि लडेको ६० वर्ष भन्दा बढी भएपनि अझै लोकतन्त्र खतरामा छ भन्दा दुःख लाग्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसारमा ठूलो ठूलो प्रजातान्त्रिक देशहरुमा चुनाव भएको छ । आधा भन्दा बढी जनसंख्या भएका ठाउँहरुमा चुनाव भएको छ, यो २०२४ सालमा । अमेरिकामा कस्तो मान्छे चुनिएर आएको छ, हाम्रो सामुन्ने छ । संसारमा डेमोक्रेसीको क्षयिकरण भइरहेको छ । सुन्दाखेरी नमिठो लाग्छ । अहिले पनि लोकतन्त्रमाथि खतरा छ भन्नेकुरा भन्नु र सुन्नु परिरहेको छ । जबकी लोकतन्त्रकै लागि लड्दा लड्दा ८३ वर्ष भइसक्यो ।’ 

प्रथम राष्ट्रपति यादवले संसारमा मानव सभ्यतामा संकट निम्तिरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल