९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता

कृषिमा कसरी परिवर्तन ल्याउने भन्ने कुरा बुझ्नका लागि ठूला ठूला ग्रन्थ घोक्नु पर्दैन

कृषिमा कसरी परिवर्तन ल्याउने भन्ने कुरा बुझ्नका लागि ठूला ठूला ग्रन्थ घोक्नु पर्दैन
अ अ+ अ-

चेतनाथ आचार्य I

कृषिप्रधान मुलुक कहलिएको नेपाल हरेक वर्ष अर्बौँको चामल आयात गर्छ। कृषिमा आधारित जुटमिल तथा चिनी कारखानाहरु बन्द छन्। किसानले वर्षौँदेखिको उखुको मूल्य पाएका छैनन् तर सरकार किसान चुस्ने चिनी कारखानाका मालिकलाई अनुदान प्रदान गरिरहेको छ। एकातिर श्रम गर्न सक्ने युवापुस्ता खाडी मुलुकमा पसिना बगाउन वाध्य छ भने गाउँको जमिन बाँझिएको छ।

हरेक वर्ष धान रोप्ने बेलामा मल नपाएर किसानहरु प्रताडित हुन्छन्। वर्षैपिच्छे अर्बौँ रुपैयाँको मल आयात गर्ने राष्ट्रले यत्तिका वर्षदेखि मल कारखाना स्थापना गर्ने कुरामा चासो नदिनु उदेकलाग्दो छ। देशमा किसान र श्रमिक वर्गको उत्थान गर्ने नारा उरालेर कम्युनिष्ट पार्टीले सहज बहुमतको सरकार बनाएको छ। समाजवाद उन्मुख रणनीति लिएको सरकारले कृषि क्रान्ति गर्ने कार्यनीतिलाई लागू गर्नका लागि प्रखर समाजवादी चिन्तकलाई कृषि मन्त्रीको जिम्मा दिएको छ। बिडम्बना अवस्था झन् झन् नाजुक हुँदै गएको छ।

कृषिमा कसरी परिवर्तन ल्याउने भन्ने कुरा बुझ्नका लागि ठूला ठूला ग्रन्थ घोक्नु पर्दैन। अथाह पूँजीको स्रोत पनि परिचालन गर्नु पर्दैन अनि थेग्नै नसक्ने प्रविधिको आवश्यकता पनि पर्दैन। मात्र नेताको इच्छाशक्ति हुनुपर्छ र जनतालाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना बनाएर कार्यान्वयन गरे पुग्छ।

नेपालकै सीमा जोडिएको चीनले कृषिमा के कस्तो काम गरेको छ भन्ने कुराको सानो झल्को यहाँ प्रस्तुत गरेको छु।

नेपालको उत्तरी १४१४ किलोमिटरभन्दा लामो सीमा चीनको स्वायत्त प्रदेश तिब्बतसँग जोडिएको छ। भौगोलिक रुपमा तिब्बत नेपालभन्दा आठ गुणा ठूलो छ तर तिब्बतको भन्दा नेपालको जनसंख्या ठ्याक्कै आठगुणा धेरै छ। कुनैबेला तिब्बतले चामल र तरकारी नेपालबाट आयात गर्दथ्यो। उच्च भूभाग, पठार मरुभूमि, वर्षको ६ महिनाभन्दा बढी समय हिउँमा पुरिने भएकाले विश्वको छानो तिब्बतका लागि नेपालबाट खाद्यान्न आयात गर्नु वाध्यता थियो। तर, विगत तीन दशकदेखि तिब्बतले नेपाललाई तरकारी र फलफूल निर्यात गर्न थालेको छ। किन? उत्तर सहज छ चीनले कृषिमा गरेको क्रान्ति।

सन् १९३१ देखि १९४५ सम्म चीनमा जापानले लगातार १५ वर्ष आक्रमण गर्‍यो। आन्तरिक रुपमा जनयुद्ध चलिरहेको चीनमा जापानको आक्रमणले अर्थतन्त्र छियाछिया बनेको समयमा खडेरीका कारण अनिकाल परेर भोकमरीको महामारीको प्रकोप पनि खप्नुपर्‍यो। युद्ध र भोकमरीका कारण डेढ दसकमै करोडौँ चिनियाँले मृत्युवरण गर्नुपर्‍यो।

सन् १९४९ अक्टोबर १ तारिख जनगणतन्त्र घोषणा भएपछि चिनियाँ नेताहरुले सबैभन्दा पहिले किसानको हितमा काम गर्न थाले। किसान बलिया भए भने कृषि उत्पादन बढ्छ अनि उनीहरुले आफू खाएर अरुलाई पनि बचाउँछन् भन्ने मान्यताका कारण चीनमा कृषि क्रान्ति हुन थाल्यो। फलतः एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा हाल खाद्यान्नको कुनै चिन्ता छैन।

चिनियाँ कृषि तथा ग्रामीण मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, अहिलेसम्म चीनको शरद ऋतुको अन्नबालीबाट कति फसल उत्पादन भयो भन्ने निश्चित भइसकेको छ। चीनमा अन्नबालीको कूल उत्पादन मात्रा बिगत ६ वर्षदेखि लगातार बृद्धि हुँदै आएको छ। चीनले चालु वर्ष सन् २०२० मा ६ खर्ब ५० अर्ब किलोभन्दा बढी अन्न उत्पादन गर्ने लक्ष्य राखेको छ। कोभिड-१९ महामारी, याङसी नदीवरिपरि आएको गम्भीर बाढी र निरन्तर आँधीबेहरीको असरमा पनि चीनमा अन्नपात प्रचुर उत्पादन हुनु निकै कठिन विषय हो। विश्वको खाद्य सुरक्षाका लागि यसले महत्वपूर्ण अर्थ राख्ने गर्छ।

चीनमा सन् २०१५ मा तेह्रौं पञ्च वर्षीय योजना सुरु भएको हो। चालु वर्ष तेह्रौँ पञ्चवर्षीय योजना सम्पन्न भएर आगामी वर्ष चौधौँ पञ्चवर्षीय योजना सुरु हुँदैछ। तेह्रौँ पञ्च वर्षीय योजनाको मूल्याङ्कन गर्दा चीनको अन्नबालीको उत्पादन स्थिर रुपमा बढ्दै आएको देखिन्छ। सन् २०१९ मा चीनले ६ खर्ब ६३ अर्ब ८५ करोड किलो अन्नवाली उत्पादन गरेको थियो। उत्पादित अन्नबालीको औसत मात्रा प्रति चिनियाँ ४ सय ७० किलोभन्दा बढी पर्न जान्छ। यो विश्वको सरदर स्तरभन्दा बढी हो। विश्व खाद्य कार्यक्रमले विश्वमा प्रतिव्यक्ति ४ सय किलो अन्न उत्पादन भएमा सुरक्षित रेखाभन्दा उच्च रहने जनाएको छ। यो मापदण्ड अनुसार चीनको खाद्यान्न सुरक्षित रेखाभन्दा निकै माथि रहेको स्पष्ट हुन्छ।

चीनले खेतीको संरक्षणमा निकै कडा व्यवस्था अपनाउँदै आएको छ। चीनमा खेतीको क्षेत्रफल कम्तिमा १२ करोड हेक्टर हुनुपर्छ। चीनले स्थायी खेतीको विशेष संरक्षण गर्ने व्यवस्था चौतर्फी रुपमा पालना गर्दै आएको छ। यसका साथै चीनले अन्नबालीको उत्पादन र भटमास लगायत महत्वपूर्ण कृषि उपजको उत्पादन तथा संरक्षण क्षेत्रलाई बैज्ञानिक रुपमा विभाजन गरेको छ। चीनले बङ्गुरको मासु र भटमास अमेरिकाबाट आयात गर्दै आएको छ। तर अमेरिकासँग व्यापार युद्ध चलेपछि यस्ता उत्पादनलाई प्राथमिकता दिएर आत्मनिर्भर हुने योजनामा चीन लागेको छ।

चीनका राष्ट्रपति सी चिनफिङले सेप्टम्बर २२ तारिख संयुक्त राष्ट्र संघको ७५ औँ महासभाको सामान्य बहसलाई सम्बोधन गर्दा जलवायु परिवर्तनको सामना गरिने 'पेरिस सम्झौता' विश्वमा हरित विकास र कम कार्बन हुने क्षेत्रको प्रतिनिधित्व गरेकाले पृथ्वी घरबारको संरक्षण गर्न चाहिने न्युनतम् कार्य गर्नुपर्ने कुरामा जोड दिएका थिए। पछिल्लो समय अन्न उत्पादन वृद्धिमा जलवायु परिवर्तन मुख्य चुनौति बन्न थालेको विश्वव्यापी सन्दर्भमा सीको सम्बोधन कृषि क्षेत्रका लागि निकै गहन मानिएको छ। सम्बोधनका क्रममा उनले भनेका थिए 'विभिन्न मुलुकहरूले सिर्जनशील, समन्वयात्मक, हरित, खुलस्त र साझा उपभोग हुने विकासको नयाँ विचारधाराको स्थापना गर्दै नयाँ चरणको वैज्ञानिक र प्राविधिक क्रान्ति सम्बन्धी ऐतिहासिक अवसरलाई छोपेर महामारीपछि विश्व अर्थतन्त्रको "हरित पुन:उत्थान" लाई प्रबर्द्धन गर्नु अपरिहार्य बनेको छ।'

चीनमा सेप्टेम्बर २२ तारिखलाई अन्नभित्र्याउने दिवस मनाइन्छ। सूर्य उत्तरी ध्रुवबाट दक्षिण लाग्ने सो दिन चीनका विभिन्न प्रान्तहरुमा किसानहरुले पाकेका अन्नवालीसँगै महोत्सव मनाउने गर्दछन्। गत सेप्टेम्बर महिनामा चीनको बाली लगाउने क्षेत्रफल उल्लेखनीय बृद्धि भएर ८ करोड ५६ लाख हेक्टर पुगेको छ।

चीनमा खाद्य सुरक्षाको स्थिति निरन्तर सुधार भइरहेको छ। चीन सरकारले दीर्घकालीन खाद्य सुरक्षामाथि उच्च महत्त्व दिनु र खाद्य सुरक्षालाई देशको शासनमा प्राथमिकताका रूपमा राख्नु यसको मुख्य कारण हो। चीन सधैँ विश्व खाद्य सुरक्षालाई कायम राख्ने सक्रिय शक्ति हो। विश्वको जनसंख्यामा करिब २० प्रतिशत हिस्सा ओगटेको चीनले खानपानको अभावबाट खाद्यान्न पर्याप्त र राम्रो अवस्थामा पुर्‍याएर ऐतिहासिक परिवर्तन गरेको छ। चीनले सक्रिय रूपमा खाद्य सुरक्षाको स्रोत र अनुभव विश्वलाई बाँड्नुका साथै विश्व खाद्य सुरक्षाको शासनमा भाग लिई ठूलो देशको जिम्मेवारी प्रदर्शन गर्दै आएको छ।

किसानमैत्री चिनियाँ कार्यक्रमको एउटा उदाहरण हेरौँ। चीनको उत्तर पूर्वमा पर्ने चिलिन प्रान्तको छाङछुन शहरको होङक्वाङ गाउँ धानका लागि प्रख्यात छ। पहिलेदेखि नै धानको खेती गर्ने त्यहाँका किसानहरुको आर्थिक अवस्था उति राम्रो थिएन। हिजोआज त्यहाँको चामल बेइजिङ, शाङहाई, क्वाङचौमा हारालुछ बिक्री हुन्छ। गाँउका बासिन्दाहरूको औसत आम्दानी ५० हजार चिनियाँ युआन भन्दा बढी पुगेको छ। खेतीबारीलाई एकीकृत रूपमा संचालन गर्दै ६५ सेटका कृषि साधनहरूमा सरकारले सहयोग गरेपछि अत्याधुनिक प्रविधिबाट खेतीकार्य सुरु भयो। अहिले त्यहाँ ९८ प्रतिशत किसानले यस्तै औजार प्रयोग गर्छन्। होङक्वाङ गाँउमा धानको खेती हेर्न वर्षेनी लाखौँ पर्यटकहरु जाने गर्छन्। साथै चिलिन कृषि विश्वविद्यालयसँग मिलेर धानको भुस तथा परालबाट विभिन्न सामग्रीहरू जस्तै फेसमास्क, फाइबरले पूर्ण खाद्यान्न लगायत १२ किसिमका उत्पादित वस्तुको विकास भइसकेको छ। यस्ता कार्यले किसानको आम्दानी बढ्नुका साथै यो पेशामा लाग्नलाई उत्प्रेरित पनि गरेको छ।

फेरि पनि प्रश्न उठ्छ, कृषिप्रधान मुलुक नेपालले किसानका लागि के गर्दैछ?

सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्यको फेसबुक बाट