५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज नेकपा सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज मंगलबार नेकपा सचिवालय बैठक बस्दै छ । सरकार पुनर्गठन, संवैधानिक अंगमा रिक्त पदाधिकारी नियुक्ति, पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा बैठकमा छलफल हुने नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि, शनिबार र आइतबारका लागि बैठक तय भएको थियो । तर, कोरोना भाइरस संक्रमणका कारण देखाउँदै बैठक स्थगित भएको थियो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको सल्लाहकार, सचिवालय कर्मचारीका साथै सुरक्षामा खटेका सुरक्षाकर्मीसहित ७० भन्दा बढीमा कोरोना संक्रणमा पुष्टि भएपछि बैठक स्थगित भएको थियो ।

सल्लाहकार, सचिवालय तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीले सबै भेटघाट बन्द गरेका थिए । तर, आइतबार ओली र दाहालबीच भएको छलफलपश्चात बैठक बोलाउने सहमति भएको हो ।

प्रधानमन्त्री ओलीले गत बिहीबारको मन्त्रिपरिषद् बैठकबाट मुख्यसचिव, राजदूत नियुक्तिबारे गरेको निर्णयमा परामर्श नगरेको भन्दै अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेता असन्तुष्ट छन् । सो नियुक्ति विषयमा समेत बैठकमा छलफल गर्ने बताइएको थियो । राजधानी दैनिक