६ पुष २०८१, शनिबार
,
Latest
सुदूरपश्चिमका ओपनर सैफ जैवको अर्धशतक विश्वशान्तिका लागि योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्छ: प्रधानमन्त्री काँग्रेस, एमाले, माओवादी र मधेसवादी सबै भ्रष्टाचारमा लिप्त छन्ः अध्यक्ष भट्टराई एनपिएलः जनकपुर बोल्ट्सको जितको कामना गर्दै मन्दिरमा पूजापाठ पाँच महिनामा बाह्रवटा गैँडा मृतावस्थामा भेटिए जाडोमा यसरी गरौँ छालाको स्याहार एनपीएल फाइनलः जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस दाजुभाई आमनेसामने, आसिफलाई बुबा र आरिफलाई आमाको समर्थन रोटर्याक्ट क्लब अफ भिमादद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाजुभाई आमनेसामने, आसिफलाई बुबा र आरिफलाई आमाको समर्थन



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहोदर दाजुभाइ आमनेसामने भएका छन् । राष्ट्रिय टिमका सदस्य समेत रहेका आरिफ शेख (दाइ) र आसिफ शेख (भाइ) एनपीएलमा फरक–फरक टिमबाट भिडेका हुन् ।

आरिफ सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका छन् भने आसिफले जनकपुर बोल्ट्सको प्रतिनिधित्व गरेका छन् । आसिफ जनकपुर बोल्ट्सका मार्की प्लेयर पनि हुन् । एनपीएलको पहिलो संस्करणमा यी दुवै टीमले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

दुई दाजुभाई आज एनपीएलको उपाधिका लागि विपरित टोलीबाट प्रतिस्पर्धामा छन् । तर उनीहरुका बाबुआमालाई भने कस्को पक्ष लिने भन्ने तनाव छ ।

आफ्नो कोखबाट हुर्किएका दुई सन्तान खेलको मैदानमा आमनेसामने मात्र छैनन्, उपाधि होडका लागि आफ्नो सम्पूर्ण शक्तिका साथ मैदानमा उत्रिँदै गरेको अवस्थामा बाबुआमालाई सकस परेको हो ।

उनीहरूको खेल करिअरमै यो दुर्लभ घटना हुँदै छ कि दाइलाई हराए भाइले र भाइलाई हराए दाइले देशभित्रको सर्वाधिक ठूलो खेलको उपाधि पाउँदै छन् । यस्तो अवस्थामा परिवारका सदस्यले कसको पक्ष लिने ? अझ बुवाआमाले कसलाई समर्थन गर्ने ?

यो धर्मसंकट अहिले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा मोहमद सलाम शेख र आमा प्रवीण बानुको दम्पतीलाई आइलागेको छ । किनभने, उनीहरूका छोराहरू आरिफ शेख र आसिफ शेख पहिलो एनपीएलको फाइनलमा फरक टिमबाट भिड्दै छन् ।

उत्कृष्ट प्रदर्शनका कारण यी दुवै टिम अन्य ६ वटालाई पछि पार्दै फाइनल पुगेका छन्। आरिफको टिम सुदूरपश्चिमले आसिफको जनकपुरलाई २ पटक हराइसकेको छ । जनकपुर ती दुवै हारको बदला फाइनलमा उपाधि कब्जा गरेर लिन खोज्दै छ ।

यो रोचक प्रतिस्पर्धाले शेख परिवारमा थप रोमाञ्चकता र उत्सुकता भरिदिएको छ । किनभने, बुवा आसिफलाई समर्थन गर्न पुगेका छन् भने आमा आरिफको पक्षमा उभिएकी छन् । उनीहरूले आफूले समर्थन गरेका टिम र खेलाडीको जर्सीसहितको तस्बिर नै खिचाएर सार्वजनिक गरेका छन् ।

राष्ट्रिय टिमबाट आरिफ र आसिफले धेरैपटक सँगै खेलिसकेका छन् । आरिफ नेपालको वान डे टिमका अभिन्न हिस्सा हुन् । टि २० मा भने उनको प्रदर्शन उल्लेखनीय छैन । आसिफ भने वान डे र टि २० दुवैमा नेपालका नियमित ओपनर हुन् ।

एनपीएलको अक्सनमा आरिफलाई सुदुरपश्चिमले १५ लाखमा किनेको थियो । आसिफले भने मार्की खेलाडीको रुपमा २० लाख पाएका छन् ।