६ पुष २०८१, शनिबार
,
Latest
काँग्रेस, एमाले, माओवादी र मधेसवादी सबै भ्रष्टाचारमा लिप्त छन्ः अध्यक्ष भट्टराई एनपिएलः जनकपुर बोल्ट्सको जितको कामना गर्दै मन्दिरमा पूजापाठ पाँच महिनामा बाह्रवटा गैँडा मृतावस्थामा भेटिए जाडोमा यसरी गरौँ छालाको स्याहार एनपीएल फाइनलः जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस दाजुभाई आमनेसामने, आसिफलाई बुबा र आरिफलाई आमाको समर्थन रोटर्याक्ट क्लब अफ भिमादद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण कोशी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना नौमती बजाउन सिक्दै रोङ गाउँपालिकाका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना



अ+ अ-

काठमाडौं । कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सो प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

यद्यपी बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै केही स्थानमा कुहिरोको समेत सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।