६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

जैविक विविधता संरक्षणमा अनुसन्धानको भूमिका महत्वपूर्ण : वनमन्त्री ठकुरी

जैविक विविधता संरक्षणमा अनुसन्धानको भूमिका महत्वपूर्ण : वनमन्त्री ठकुरी
अ+ अ-

काठमाडौँ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन, वन्यजन्तु र जैविक विविधता संरक्षण तथा व्यवस्थापनका लागि अनुसन्धानको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

मन्त्रालयको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले पहिलो वन अनुसन्धान दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले वन अनुसन्धान केवल जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षणका लागि मात्र नभई अर्थतन्त्र, जीविका र सामाजिक संरचनामा पनि महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।
मन्त्री शाहीले वन क्षेत्रले पु¥याएका पारिस्थितिकीय सेवाहरू अतुलनीय रहेका उल्लेख गर्दै वन अनुसन्धानकर्मीहरूले यस्ता क्षेत्रमा गरेका अनुसन्धानका काम सरारानीय रहेका बताउनुभयो । “वन अनुसन्धान र प्रशिक्षण केन्द्रको मुख्य उद्देश्य भनेको वन क्षेत्रको अनुसन्धान, वन्यजन्तु संरक्षण र जलवायु परिवर्तनसँग जुझ्ने उपायको अध्ययन गर्नु रहेको छ । यस केन्द्रले समसामयिक विषयमा अध्ययन र अनुसन्धान मात्र नगरी वन क्षेत्रको व्यवस्थापन, जलवायु परिवर्तन, जलाधार संरक्षण र जैविक विविधिताको क्षेत्रमा गरिरहेको कार्य प्रशंसनीय छ”, उहाँले भन्नुभयो, “नेपाल जलवायु परिवर्तनका असरको चपेटामा छ । हरित गृह ग्यास उत्सर्जनमा हाम्रो योगदान न्यून भए पनि जलवायु परिवर्तनको असर हामीले बढी भोग्नुपरेको छ । यस क्षेत्रमा वन अनुसन्धान केन्द्रलाई अनुसन्धान गर्न विशेष अनुरोध गर्दछु । वन अनुसन्धानका माध्यमबाट हामीले पाउने नयाँ सूचना र ज्ञानले प्राकृतिक संसाधनहरूको व्यवस्थापनमा सुधार ल्याउन सक्छ ।”

कार्यक्रममा वन राज्यमन्त्री रुपा विकले तीव्र सहरीकरण, जनसङ्ख्या वृद्धि र अव्यवस्थित विकास गतिविधिका कारण जलवायु परिवर्तन, वन्यजन्तु तथा जैविक विविधतामा नकारात्मक प्रभाव परिरहेकाले यसको सामनाका लागि सबैको सकारात्मक भूमिका अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले वन अनुसन्धानका माध्यमबाट यी चुनौतीहरूको समाधान खोज्नु हाम्रो अनुसन्धानको प्रमुख उद्देश्य हुनुपर्ने बताउनुभयो । “वन अनुसन्धानलाई प्रभावकारी बनाउन हामीले आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्छ । अब ड्रोन टेक्नोलोजीको माध्यमबाट वनको नक्साङ्कन, भू–उपग्रहबाट प्राप्त डाटाको विश्लेषण र जैविक विविधताको अध्ययनका लागि आधुनिक प्रविधि अपनाउनुपर्दछ । यी प्रविधिहरूले अनुसन्धानलाई द्रूत, सहज र व्यावहारिक बनाउने छन्”, उहाँले भन्नुभयो, “वन अनुसन्धानका मुख्य क्षेत्रहरूमध्ये जैविक विविधताको संरक्षण, वन क्षेत्रको नवीकरणीय स्रोतहरूको उपयोग र वन पैदावारको दिगो व्यवस्थापन महत्वपूर्ण छन् । साथै, जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दै वन क्षेत्रको अनुकूलन क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ ।”

वन सचिव डा दीपककुमार खरालले जलवायुजन्य सङ्कटका कारण जैविक विवधतामा असर पुगिरहेको भन्दै यससम्बन्धी थप अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । “वन अनुसन्धान अझै कमजोर छ । अनुसन्धानलाई अगाडि बढाउन क्षमता अभिवृद्धि र लगानी आवश्यक छ”, उहाँले भन्नुभयो ।

प्रशिक्षण केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले पछिल्लो समय वन क्षेत्र बढिरहेको भन्दै वन अनुसन्धानका गतिविधिलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो ।रासस