काठमाडौं । सरकारी वकिल कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गितेन्द्रबाबु (जीवी) राईसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता गराउने तयारी गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।
सोहि प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध भने आइतबारमात्रै दर्ता गर्न लगिएको सरकारी वकिल कार्यालय कास्कीकी सुचना अधिकारी शान्ति देवी शर्माले जानकारी दिइन् ।
आईतबार रवि, छविसहित जीवीका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा दर्ता हुन लागेको हो ।
कास्की प्रहरीले लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा १ अर्ब ५१ करोड ४० लाख रुपैया बिगो असुल राखिएको छ ।