काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १२९६ , ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना रहेका छन् ।
योसहित उपत्यकामा संक्रमितको संख्या ३३ हजार ७ सय २८ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।











