६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

थानकोट–चित्लाङ सडक खण्ड बन्द गर्न लागेकोमा मदन भण्डारी विश्वविद्यालयको असन्तुष्टि

थानकोट–चित्लाङ सडक खण्ड बन्द गर्न लागेकोमा मदन भण्डारी विश्वविद्यालयको असन्तुष्टि
अ+ अ-

काठमाडौं । थानकोट–चित्लाङ सडक खण्ड सरोकारवाला पक्षसँग गहन परामर्श नगरी सडक बन्द गर्न लागेको भन्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले असन्तुष्टि जनाएको छ ।

विश्वविद्यालयका अध्यक्ष प्रा राजेन्द्रध्वज जोशीले सडक बन्द गर्दा शैक्षिक तालिका (क्यालेन्डर) प्रभावित हुने जनाउनु भएको छ ।

सडक सुधार कार्यका लागि चित्लाङ सडक बन्द गर्न सरोकार पक्षसँग परामर्शका लागि बुधबार सडक डिभिजन, मीनभवनमा छलफल भएपनि प्रतिनिधिमूलक नभएको विश्वविद्यालयले जनाएको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको चित्लाङमा छ ।

बिश्वबिद्यालयले जारी गरेको बिज्ञप्तिमा भनिएको छ-

सडक सुधार कार्यको लागि चित्लाङ्ग सडक बन्द गर्न सरोकारवालाहरुसँग परामर्शका लागि पुष ३, २०८१ मा सडक डिभिजन, मीनभवनमा एक बैठक आयोजना गरिएको थियो । सडक बन्द हुँदा विश्वविद्यालयमा अध्ययन–अध्यापन सञ्चालन हुन नसक्ने भएकोले सडक बन्द गर्ने योजनाबारे जानकारी प्राप्त हुनासाथ विश्वविद्यालयको प्रतिनिधिले काठमाडौं सडक डिभिजन, काठमाडौं जिल्ला प्रशासन कार्यालय, चन्द्रागिरी नगरपालिका, थाहा नगरपालिकामा सम्पर्क राखी सडक बन्द भएमा विश्वविद्यालय सञ्चालन हुन नसक्ने व्यहोरा जानकारी गराइएको थियो ।

काठमाडौं सडक डिभिजन कार्यालयले विश्वविद्यालयको चिन्तालाई गहन रूपमा नलिएको महशूस भएकोले मंसिर २८, २०८१ मा विश्वविद्यालयले काठमाडौं सडक डिभिजनलाई विश्वविद्यालय नियमितरुपमा सञ्चालन गर्न आवश्यक व्यवस्थाको लागि अनुरोध गरिएको थियो । सडक विभागमा भएको परामर्श वैठकमा सहभागी भएका विश्वविद्यालयका प्रतिनिधिलाई सो पत्रको मर्म बुझ्न सडक डिभिजनबाट प्रयत्नसम्म पनि नभएको महसूस भयो । परामर्श वैठक प्रतिनिधिमूलक थिएन । सडक बन्द गर्ने जस्तो संवेदनशील विषयमा सडक बन्द गर्दा पर्ने प्रभाव र वैकल्पिक उपायहरुको समेतको गहन विश्लेषण बिना विश्वविद्यालयको असहमतिका बाबजुद सडक बन्द गर्न सिफारिस गर्ने निर्णय बैठकबाट गराइयो । बैठकको प्रकृति हेर्दा रित पुर्‍याउन मात्र बैठक आयोजना गरिएको स्पष्ट देखिन्थ्यो ।

सडक बन्द गरिएमा यस विश्वविद्यालयको शैक्षिक तालिका ९क्यालेण्डर० कार्यान्वयन हुन सक्दैन । विश्वविद्यालयको शैक्षिक तालिका कार्यान्वयन उच्च शिक्षा क्षेत्रको राष्ट्रिय प्राथमिकताको विषय हो । उच्च शिक्षाका लागि ठूलो संख्यामा विद्यार्थीहरु बाहिरिनुका कारणहरु मध्ये एउटा प्रमुख कारण विश्वविद्यालयहरुले शैक्षिक तालिका पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्नु रहेको छ । उच्च शिक्षाका लागि विद्यार्थी बाहिरिंदा नेपालको ठूलो धनराशी विदेशीनाका साथै धैरै प्रतिभावान युवालाई गुमाउनु पर्दा नेपालको विकासमा ठूलो नकारात्मक प्रभाव परेको छ ।

त्यसकारण यस विश्वविद्यालयलाई शैक्षिक तालिका कार्यान्वयन गर्न सघाउनको लागि विश्वविद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र सरोकारवालाहरुको तर्फबाट सम्पूर्ण जनसमुसदायलाई हार्दिक अनुरोध गर्दछु । यो पोष्ट पढ्ने सबैलाई सडक बन्द नगर्नको लागि आफ्नो समर्थन फेसबूक मार्फत जनाइदिनुहुन विनम्र अनुरोध छ ।

 

 

 

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको चित्लाङमा छ ।