९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता

महामारीका बेला घरमै बसौं, सन्तान उत्पादन गरौं !

महामारीका बेला घरमै बसौं, सन्तान उत्पादन गरौं !
अ अ+ अ-

बीबीसी । आर्थिक सङ्घर्ष गर्नुपर्ने र जागिर गुमाउने नागरिकहरूले सन्तान पाउने योजना स्थगित गरिरहेकोमा सरकारलाई चिन्तित बनाएको छ। महामारीमा बच्चा जन्माउन चाहने अभिभावकलाई कति रकम उपलब्ध गराइनेछ भन्नेबारे विस्तृत विवरण चाहिँ सार्वजनिक भएको छैन।

बच्चा जन्माउन प्रोत्साहनस्वरूप सिङ्गापुर सरकारद्वारा दिँदै आइएको बोनसबाहेक अतिरिक्त रकम दिन लागिएको हो। सिङ्गापुरमा संसारकै कममध्ये जन्मदर छ जसलाई बढाउन दशकौँदेखि सरकार सङ्घर्षरत छ।

कोरोनाभाइरस महामारीलाई लिएर गरिएको लकडाउनका बेला फिलिपिन्स र इन्डोनेशियाजस्ता छिमेकी देशमा गर्भवती हुनेहरूको सङ्ख्यामा व्यापक वृद्धि हुनसक्ने बताइँदै गर्दा सिङ्गापुरमा त्यसको विपरीत अवस्था देखिएको छ।

“कोभिड(१९ का कारण बच्चा पाउन चाहने कतिपय अभिभावकले त्यो योजनालाई स्थगित गर्न चाहेको हामीले प्रतिक्रिया पाएका छौँ,” सिङ्गापुरका उपप्रधानमन्त्री हेङ स्वी कीटले सोमवार भने।

महामारीका बेला बच्चा पाउन चाहने अभिभावकलाई कति र कसरी रकम उपलब्ध गराउने विषयमा पछि जानकारी गराइने उनले बताए। सिङ्गापुर सरकारले हाल ‘बेबी बोनस सिस्टम’ अन्तर्गत योग्य अभिभावकलाई १०,००० अमेरिकी डलरसम्म उपलब्ध गराउँदै आएको छ।

सन् २०१८ मा सिङ्गापुरमा प्रजननदर आठ वर्षयताकै सबैभन्दा कम अर्थात् प्रतिमहिला १।१४ थियो। धेरै एशियाली मुलुकले प्रजननदरमा यस्तै समस्याको सामना गर्दै आएका छन् र कोरोनाभाइरस महामारीका बेला यो समस्या झन् दयनीय हुन सक्ने बताइन्छ।

यसै वर्षको आरम्भतिर चीनमा प्रजननदर ७० वर्षअघि चिनियाँ जनगणतन्त्र स्थापना भएयताकै सबैभन्दा न्यून बिन्दुमा झरेको थियो। निकै आलोचित ुएक सन्तानु नीतिमा खुकुलोपन ल्याइए पनि त्यस्तो समस्या देखिएको हो।

तर सिङ्गापुरका केही छिमेकी देशमा उल्टो खालको समस्या देखिएको छ। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका अनुसार फिलिपिन्समा यदि महामारी नियन्त्रणका लागि हिँडडुलमा प्रतिबन्धहरू यो वर्षको अन्त्यसम्म कायम रहे पाँच लाखदेखि २५ लाखसम्म अनिच्छित गर्भ रहनेछ।

“यो सङ्ख्या आफैँमा एउटा महामारी हो,” फिलिपिन्सस्थित राष्ट्रसङ्घीय निकायका प्रवक्ता ऐमी सान्तोसले गत महिना भनेका थिए। दक्षिणपूर्वी एशियाली मुलुकमध्ये फिलिपिन्सको जनसङ्ख्या दोस्रो ठूलो अर्थात्‌ १० करोड ८४ लाख छ।

फिलिपिन्स यो क्षेत्रकै कोरोनाभाइरसबाट सबैभन्दा नराम्ररी प्रभावित हुने मुलुकमा पर्छ। त्यहाँ हालसम्म ३,०७,००० जना व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।