४ पुष २०८१, बिहीबार
,
Latest
क्यान्सरसँग संघर्ष गरिरहेका विवेक पंगेनीको निधन किसानलाई कि तेस्रो मुलुक पठाम्, नत्र औषधीमा बिष मिसाइ दिम् , टन्टै साफ काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन फाईनल पुग्न कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी नेपाल र कोरियाबीच टिआइपीएफ सम्झौता महिला यू-१९ एसिया कपः वर्षाका कारण खेल रद्द हुँदा नेपाल र श्रीलंकाले अंक बाँडे रविको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन ‘पुष्पा २’बन्यो सर्वाधिक कमाउने हिन्दी फिल्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती



अ+ अ-

बनियानी, (झापा) । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो ।

ती स्थानमा बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०/१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रुपमा बिना खनजोत मकैखेती प्रविधि प्रदर्शनी गरिएको उहाँले बताउनुभयो । यस प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्नुका साथै नयाँ प्रविधि विस्तार र माटोको गुणस्तर सुधार हुने उहाँको भनाइ छ ।

यस प्रविधिबाट धान काटेको खेतमा खनजोत नगरी उपकरणको प्रयोगबाट एकै पटक मकैको बीउ र मल हाल्न सकिन्छ । मकैको एउटा लाइनबाट अर्को लाइनको दूरी ४५ सेन्टिमिटर र बोटको दूरी १५–२० सेन्टिमिटर हुन्छ । हाल गरिएको नमूना खेतीमा डिएपी मल र बीउ एकै पटक राखिएको छ । जिल्लामा गत वर्ष ४४ हजार हेक्टरमा मकैखेती गरिएको थियो भने उत्पादकत्व सात टन प्रतिहेक्टर रहेको जनाइएको छ ।