९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता

१०२ वर्षपछि भालुबाङमा यसरी फर्कियो प्रशासन

१०२ वर्षपछि भालुबाङमा यसरी फर्कियो प्रशासन
अ अ+ अ-

काठमाडौं । भालुबाङ अर्थात् ढुंगा गुड्ने चौर । मगर खाम भाषाको ‘बालुङबाङ (बा भनेको गुड्ने, लुङ भनेको ढुंगा र बाङ भनेको चौर) बाट अपभ्रंश भएर भनेको ‘भालुबाङ’ लुम्बिनी प्रदेशको राजधानी तोकिएसँगै एकाएक चर्चामा आएको छ । यो चौर एक सय दुई वर्षपछि फेरि प्रशासनिक शक्तिकेन्द्र बन्न पुगेर चर्चामा आएको हो । 

दाङको देउखुरी उपत्यकामा पर्ने भालुबाङ एक सय दुई वर्षअघि पनि प्रशासनिक शक्तिकेन्द्र थियो । दाङ मात्र नभई बाँकेसम्मको सरकारी प्रशासनिक शासन व्यवस्था सञ्चालन यहीँबाट हुने गरेको दाङको महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक सुदीप गौतम बताउँछन् । उनका अनुसार वि।सं। १९६५ मा दाङ, देउखुरी र बाँकेको सुनार ९अहिलेको राप्ती सोनारी गाउँपालिका० हेर्ने गरी सरकारी अड्डा स्थापना भएको थियो । ‘त्यतिवेला भालुबाङ क्षेत्रको देवीकोटमा सरकारी अड्डा हुलाक र अमिनी ९अदालत० स्थापना भएको थियो,’ गौतम भन्छन् । 

उनका अनुसार यस क्षेत्रमा सरकारी अड्डाको सुरुवात नै भालुबाङ क्षेत्रबाट भएको थियो । ‘भालुबाङ क्षेत्र दाङमै पनि ओझेलमा परेजस्तो देखिए पनि यसको आफ्नै मौलिक इतिहास छ,’ प्राध्यापक गौतम भन्छन्, ‘सिंगो दाङ मात्र नभएर बाँकेसम्म शासन–व्यवस्था सञ्चालन गरेको भालुबाङले लामो समयपछि आफ्नो गुमेको भूमिका फिर्ता पाएको छ ।’ त्यतिवेला १० वर्षसम्म प्रशासनिक केन्द्रको रूपमा रहेको भालुबाङ वि।सं। १९७५ मा सरकारी माल अड्डा अहिलेको घोराही उपमहानगरपालिका–५ सर्रिकोटमा सरेपछि सुनसान बनेको थियो । प्रदेश राजधानी तोकिएसँगै फेरि पुरानै लयमा फर्किने गौतमको विश्वास छ । 

उसो त स्थानीय बासिन्दा पनि खुसी छन् । स्थानीय होमप्रसाद शर्मा अब विकास निर्माणले पनि गति पाउने आशा गर्छन् । ‘विकास निर्माणसँगै अस्थायी भालुबाङले स्थायित्व पाउनेमा आशावादी छौँ,’ शर्मा भन्छन्, ‘राजधानीलाई हामीले स्थायित्व दिनेछौँ भने राजधानीले हामीलाई पनि स्थायित्व दिने आशामा छौँ ।’ 

उनले स्थायित्व भन्नुको अर्थ हो, उपभोग गरेको जमिनको लालपुर्जा । भालुबाङको ३१ बिघा क्षेत्रफलमा दुई हजार पाँच सय घरधुरी छन् । तर, कसैले पनि लालपुर्जा पाएका छैनन् । लामो समयदेखि लालपुर्जाको माग गर्दै आएको भए पनि कसैले वास्ता नगरेको स्थानीय बासिन्दा शर्मा गुनासो गर्छन् । 

एक सय १२ वर्षअघि नै बस्ती रहे पनि अहिलेको भालुबाङ बजार क्षेत्रमा बस्ती बस्न थालेको भने वि।सं। २०२० देखि हो । तत्कालीन लालमटिया गाउँ पञ्चायतका प्रधानपञ्च शशिराम न्यौपाने र टीकाराम धितालले भालुबाङ बस्ती बसाउन सुरु गरेका थिए । अहिले ठूलै बजार बनिसकेको छ । सहरीकरणले छोप्दै गएको भए पनि यहाँका बासिन्दा भने कानुनी रूपमा अनधिकृत रूपमा बसिरहेका छन् । नयाँ पत्रिकामा समाचार छ ।