१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

चितवनलाई हराउदै कर्णाली दोस्रो क्वालिफायरमा

चितवनलाई हराउदै कर्णाली दोस्रो क्वालिफायरमा
अ अ+ अ-

काठमाडौँ । । नेपाल प्रिमियर लिगको इलिमिनेटरअन्तर्गतमा चितवन राइनोजलाई हराउदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार भएको खेलमा कर्णालीले चितवनलाई २१ रनले हराएको हो ।

कर्णालीले जितको लागि दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १५४ रन बनायो । चितवनको लागि रवि भोपराले अर्धशतक बनाए । उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन बनाए । यस्तै, कुशल मल्लले २१, विपिन रावतले १८ र लुक बेनस्टिनले १६ रन बनाए ।

चितवनमाथि जित हासिल गर्न जिसन मक्सुदले तीन विकेट लिए । यस्तै, सोमपाल कामि र नन्दन यादवले समान दुई विकेट लिदा विपिन शर्माले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनाएबो थियो। कर्णालीका ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतक प्रहार गरे । जयकिशन ५३ र विलियमले ५२ रन बनाए । विलियमले जयकिशनसँग ५९ र चाडविक वाल्टनसँग ६७ रनको साझेदारी गरेका थिए । वाल्टन ४६ रनमा अविजित रहे । जिसन मक्सदुले १४ रन जोड्दा देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भए ।

बलिङतर्फ चितवनका सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिएका थिए ।

अब कर्णाली याक्सले फाइलन प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित भएको टोलीसँग खेल्नेछ । पहिलो क्वालिफायरमा आज जनकपुर बोल्टस् र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।