१ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविचन्द्रन आश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



अ+ अ-

एजेन्सी । भारतका अफ स्पिनर रविचन्द्रन आश्विनले सन्यासको घोषणा गरेका छन् । ३८ वर्षको उमेरमा अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

उनले बोर्डर(गावस्कर ट्रफीको बीचमा सन्यासको घोषणा गरेर क्रिकेट जगतलाई चकित पारेका छन् । गाब्बा टेस्ट खेल बराबरी भएपछि अश्विनले पत्रकार सम्मेलनमा यसको आधिकारिक घोषणा गरेका हुन्।

‘आज मेरो अन्तर्राष्ट्रिय क्रिकेटरको रूपमा अन्तिम दिन हो। एक अन्तर्राष्ट्रिय क्रिकेटरको हैसियतमा म अब खेलसँग जोडिने छैन, तर कुनै न कुनै रूपमा खेलसँग आवद्ध रहनेछु’, आर अश्विनले भने ।

२८७ अन्तर्राष्ट्रिय खेल खेलेका अश्विन अब अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने भएका छन् । तर, उनले आइपिएल खेल्ने क्रम जारी राख्नेछ । सीएसकेले अश्विनलाई आईपीएल २०२५ मा ९.७५ करोडमा किनेको थियो ।अश्विन ७ वर्षपछि सीएसकेमा फर्किएका छन् । उनले सन् २००९ मा चेन्नई बाट खेल्दै आईपीएलमा डेब्यु गरेका थिए । अश्विनले आईपीएलमा राजस्थान रोयल्स, आरसीबी र लखनऊ सुपर जाइन्ट्सबाट खेलिसकेका छन्।