३ पुष २०८१, बुधबार
,
Latest
कुशलले कप्तानी जिम्मेवारीमा आफूलाई धेरै विकास गरेको छ: शरद भेषावकर निजी लगानी वृद्धिलाई प्रोत्साहन: अर्थमन्त्री पौडेल जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको होः प्रधानमन्त्री राष्ट्रपतिद्वारा राजदूत नियुक्त समानताका लागि नारीवादी परराष्ट्र नीति : परराष्ट्रमन्त्री डा राणा नेप्से परिसूचक सामान्य अङ्कले घट्यो हङकङलाई २२६ रनले पराजित गर्दै एक खेलअगावै नेपालले जित्यो सिरिज नयाँ प्रतियोगिताका रूपमा सोचेर खेल्यौं: सोमपाल कामी व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा सभामुखको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीले चितवनलाई दियो १७५ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिगको इलिमिनेटरअन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ को निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनायो ।

कर्णालीका ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतक प्रहार गरे । जयकिशन ५३ र विलियमले ५२ रन बनाए । विलियमले जयकिशनसँग ५९ र चाडविक वाल्टनसँग ६७ रनको साझेदारी गरेका थिए । वाल्टन ४६ रनमा अविजित रहे ।

यस्तै, जिसन मक्सदुले १४ रन जोड्दा देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भए ।

बलिङतर्फ चितवनका सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए ।

यो खेलमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।