३ पुष २०८१, बुधबार
,
Latest
चितवनलाई हराउदै कर्णाली दोस्रो क्वालिफायरमा रविचन्द्रन आश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास पौष १३ गतेदेखि २६ औं पोखरा सडक महोत्सव हुँदै चितवन राष्ट्रिय निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही रवि लामिछानेमाथि मानव अधिकार हनन भएको छैन, मान्छेको अनुहार हेरेर कारबाही हुँदैनः गृहमन्त्री बर्षा बाधक बन्दा भारत र अष्ट्रेलियाको तेस्रो टेस्ट बराबरीमा सकियो भारत र अस्ट्रेलिया बीचको ब्रिस्बेन टेस्ट बराबरीमा सकियो सिरहामा सडक दुर्घटनाका घटना घटे, मृत्यु हुनेको सङ्ख्या बढ्दो सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द कर्णालीले चितवनलाई दियो १७५ रनको विशाल लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने



अ+ अ-

काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ऋण नतिर्नेको एकाघरका सदस्यको सम्पत्ति र राहदानी रोक्का गरी असुल गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडले आज यहाँ आयोजना गरेको सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले सहकारीमा भएको पुँजीबाट त्यहाँ आएको समस्या समाधान गरिनुपर्ने बताउनुभयो । सरकारले घोषणा गरेका २२ वटा सहकारीमध्ये केहीको जग्गा बेचेर पनि समस्या समाधान गर्नेतिर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय लागिपरेको मन्त्री अधिकारीले बताउनुभयो ।

उहाँले सात प्रदेशमा समूह बनाएर मन्त्रालयमार्फत समस्याग्रस्त सहकारीको अध्ययन भइरहेको जानकारी दिनुभयो । “ समितिबाट प्रतिवेदन प्राप्त भएपछि समस्या समाधानको विधि बनाइने छ । सहकारी ऐन, २०७४ मा भएको सहकारी प्रवर्द्धन कोष, कर्जा सूचना केन्द्र र न्यायाधीकरण पनि छिटो गठन गरी समस्या समाधानमा काम गर्न सरकार प्रतिबद्ध छ”, मन्त्री अधिकारीले भन्नुभयो ।

प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडाले सुशासनको अभावमा सहकारी समस्याग्रस्त हुने गरेको बताउनुभयो । सबै सहकारीमा समस्या नभए पनि सबै समस्यामा छन् भनेर हल्ला फैलाइएको उल्लेख गर्दै छिटो समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका अध्यक्ष ओमदेवी मल्लले सहकारीमा देखिएका समस्या र समाधानका उपायबारे छलफलका लागि कार्यक्रम आयोजना गरिएको गरिएको बताउनुभयो । उहाँले सातै प्रदेशमा यस्तै कार्यक्रम आयोजना गरी प्राप्त सुझाव समेटेर सरकारलाई संयुक्त सुझाव दिइने बताउनुभयो ।रासस