२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रात्रिकालील उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछः मन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान शुरु भएको छ ।

सोमवार राति बुद्ध एयरले काठमाडौं—राजविराज परीक्षण उडान गरेको हो । दैनिक एउटामात्रै उडान हुँदा समस्या भएको जिल्लावासीको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रात्रिकालीन उडान शुरु गरेको हो । परीक्षण उडानका क्रममा पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेसहित नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरु समेत राजविराज पुग्नुभएको थियो ।

रात्रिकालनि उडानका क्रममा राजविराज विमानस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले राजविराज विमानस्थल रात्रिकालीन उडान शुरु गर्ने १० औं विमानस्थल भएको र राजविराज सम्पूर्ण दृष्टिकोणले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विमानस्थलले आर्थिक, पर्यटकीय दृष्टिकोणले पनि उज्यालो बनाउने बताउनु भयो । पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न चाहेअनुसार नसकिएको भएपनि बिस्तारै अन्तर्राष्ट्रिय उडान गर्ने बताउनु भयो । कुनैपनि विमानस्थलमा सेवा बिस्तार भएसँगै सेवाग्राहीहरु आउने र अर्थतन्त्र लगायत बहुआयामिक प्रभाव पर्ने बतउनु भयो । उहाँले आन्तरिक विमानस्थलहरुमा सोझै यात्रा हुने किसिमले मन्त्रालयले प्रवन्ध गर्न लागिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘९ वटा एयरपोर्टमा यसअघि नै रात्रिकालीन उडान हुन्थ्यो । यो दशौँ एयरपोर्ट बनेको छ । अब राजविराज छायाँमा पर्नेछैन । यो अहिले देखिएको जुन उज्यालो छ । यो उज्यालोले राजविराजलाई पनि उज्यालो बनाउनेछ । यो एयरपोर्टलाई पनि उज्यालो बनाउनेछ । चलायमान बनाउनेछ । पोखरामा अन्तर्राष्ट्रिय उडान हामीले भनेको जस्तो गर्न सकेका छैनौँ । तर दुई लाख पर्यटक बढेर वर्षमा १० लाख पर्यटक पुगेको छ, पोखरामा । कुनैपनि एयरपोर्टमा स्वभाविक रुपमा सेवा बिस्तार भयो भने सेवाग्राहीहरु आउँछन् । यसले अर्थतन्त्र लगायत बहुआयामिक प्रभाव रहनेछन् । आन्तरिक एयरपोर्टहरुमा सोझै यात्रा हुने खालका प्रवन्धका लागि हामी लागिरहेका छौँ ।’

कार्यक्रममा बोल्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले देशमा विपत्ति आएका बेला सडक सञ्जालको समस्या हुँदा प्राधिकरणको महत्व अझ बढ्ने बताउनु भयो । उहाँले राजविराज विमानस्थलले सप्तरीमा सम्भावनाको ढोका खोलेको बताउनु भयो । रात्रीकालीन उडान तथा अवतरण गर्ने सुविधा थप हुँदा आम नागरिकलाई थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशमा बाढी पहिरोको विपत्ति आइपरेको बेलामा नागरिक उड्डयन प्राधिकरणले आफ्ना विमानस्थलहरुमार्फत दिएको हवाई सेवाको महत्व अझ पनि बढ्ने देखिन्छ । राजविराज विमानस्थलले एउटा सम्भावनाको ढोका खोलेको छ । रात्रीकालीन उडान तथा अवतरण गर्ने सुविधा थप भएको छ । अब रात प¥यो उडान हुँदैन की भन्ने अवस्था आउनेछैन ।’

कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले राजविराजमा रात्रिकालीन उडान शुरु हुनु सप्तरीवासीको लागि गौरवको क्षण भएको बताउनु भयो । रात्रिकालनि उडानलाई सफल बनाउन सबैले संघर्ष गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो हाम्रो सप्तरीको लागि निकै नै गौरवको क्षण हो । यो दिनलाई सफल बनाउनका लागि संघर्ष गर्नुहुने सम्पूर्ण नेताहरु, अग्रजहरु, क्यानका पदाधिकारी सबैलाई धन्यवाद दिन चाहन्छु । हाम्रो सपना आज साकार हुँदैछ । यहाँबाट अझ बढी फ्लाइट कसरी सञ्चालन गर्ने भन्नेकुरामा हामी सप्तरीवासी र छिमेकी जिल्लाका स्थानीयहरुले सोच्नुपर्छ ।’

अध्यक्ष राउतले राजविराज विमानस्थलबाट थप उडान गर्नका लागि सप्तरीवासीले अझ बढी पहल गर्न आवश्यक रहेको बताउनु भयो ।




भर्खरै