८ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीका सीमानाकामा आज दिनभर आवागमन बन्द



अ+ अ-

धनगढी: भारतको उत्तरप्रदेशमा हुन लागेको उपनिर्वाचनलाई ध्यानमा राख्दै कैलाली जिल्लासँग सीमा जोडिएको नेपाल—भारत सीमानाका आज बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको सूचनामा भारतीय पक्षबाट भएको पत्राचार बमोजिम कैलालीको त्रिनगर सीमादेखि पूर्व खोनपुर सीमा ईलाकासम्म गएराती १२ बजेदेखि आज निर्वाचन सम्पन्न नभएसम्मका लागि बन्द गरिएको हो ।

उत्तर प्रदेश राज्यको लखिमपुर (खिरी) जिल्लामा आज नगरपालिका परिषद्को उपनिर्वाचन हुँदैछ ।