३ भाद्र २०८३, बुधबार
,
Latest
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइजर्सको उत्कृष्ट पुनरागमन, पञ्जाब ६९ रनले पराजित



अ+ अ-

दुबईः इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीबारको खेलमा सनराइजर्स हैदराबादले किंग्स इलेभेन पञ्जाबलाई ६९ रनको विशाल रन अन्तरले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको हैदराबादका लागि प्रारम्भिक जोडी जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले गरेको साझेदारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । बेयरस्टोले ९९ रन बनाएका थिए भने वार्नरले ५२ रन बनाएका थिए ।

समग्रमा हैदराबादले ६ विकेटको क्षतिमा २०१ रन बनाएको थियो ।

विशाल लक्ष्य पछ्याउने क्रममा पञ्जाब १६.२ ओभरमा सबै विकेट गुमाएर १३२ रनमै समेटियो । पञ्जाबका लागि निकोलस पूरनले व्यक्तिगत ७७ रन बनाए । उनी रसिद खानको बलमा आउट भए ।

हैदराबादका तर्फबाट उत्कृष्ट फिल्डिङ, बलिङ र ब्याटिङ प्रदर्शन गरिएको थियो ।

यो जितसँगै हैदराबादको उत्कृष्ट चार टिम हुने आशा जीवितै रहेको छ । अंक तालिकामा छ खेलबाट ६ अंक सहित तेस्रो स्थानमा उक्लेको छ । पहिलो र दोस्रो स्थानमा क्रमशः मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स रहेका छन् ।

निकै राम्रो ब्याटिङ गरेको र प्रतिभावान खेलाडी रहेको पञ्जाबले ६ खेलमध्ये ५ खेल हारेर अंक तालिकाको पुछारमा पुगेको छ ।

आज शुक्रबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।