१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

बैंकमा थुप्रिएको तरलतालाई लगानीमा रुपान्तरण गर्छौंः अर्थमन्त्री पौडेल

बैंकमा थुप्रिएको तरलतालाई लगानीमा रुपान्तरण गर्छौंः अर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा थुप्रिएर बसेको ७ खर्ब रुपैयाँको तरलतालाई लगानीमा रुपान्तरण गर्ने प्रयास गरिरहेको बताउनुभएको छ ।

सोमवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले सरकारले मुलुकभित्र लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई लगानीमा रुपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने,रोजगारी सिर्जना गर्ने र व्यवसायीहरुको मनोबल उच्च रुपमा बढाउने विषयमा बढी केन्द्रित भएर काम गरिरहेको बताउनु भयो । उहाँले अर्थतन्त्रलाई सुधारका लागि सरकारले गरेको प्रयासले अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक देखिएको दाबी गर्नुभयो । उहाँले सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिलाई सुक्ष्म रुपमा विश्लेषण गरी समाधानका उपायहरु कार्यान्वयनमा ल्याएकाले केही सुधार भएको बताउनु भयो ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या र चुनौति समाधानको लागि निरन्तर प्रयास गरिरहेको बताउनु भयो । उहाँले पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक दिशामा फर्किएको बताउनु भयो । अर्थमन्त्री पौडलले सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढङ्गले विश्लेषण गरी समाधानका लागि एक–एक कदमहरु चाल्दै गएको जानकारी दिनुभयो । उहाँले अर्थतन्त्रमा देखिएका सकारात्मक सूचकहरु सरकारले गरेका कामको परिणामबाट आएको दाबी गर्नुभयो । अर्थमन्त्री पौडेलले राजश्व संकलन गत वर्ष आर्थिक वर्षको चार महिनामा ३ प्रतिशत मात्रै वृद्धि भएकोमा चालु आर्थिक वर्षमा १७ प्रतिशत पुगेको बताउनु भयो । उहाँले अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा धेरै काम भएकाले पुँजीगत खर्च पनि केही मात्रामा बढेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘वर्तमान सरकारले अर्थतन्त्रका समस्यालाई सुक्ष्म ढङ्गले केलाइरहेको छ । समाधानका लागि एक–एक गरी कदमहरु चाल्दैछ । अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएका छन् । त्यो सकारात्मकता एक्कासी आएको होइन । बैंकको ब्याजदर एकल अंकमा आयो । तर त्यो त्यत्तिकै आएको होइन । त्यसको लागि सरकारले केही काम गरेको छ । राजश्व संकलन गत वर्ष चार महिनामा ३ प्रतिशत वृद्धि भएको थियो । चालु आर्थिक वर्षमा १७ प्रतिशत पुगेको छ । त्यो त्यत्तिकै भएको होइन अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा काम भएका छन् । पुँजीगत खर्च पनि केही न केही मात्रामा बढेकै छ । लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई कसरी लगानीमा रुपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी कसरी भित्र्याउने,रोजगारी कसरी सिर्जना गर्ने र व्यवसायीहरुको मनोबल कसरी बढाउने यस विषयमा बढी केन्द्रित भएर काम गरिरहेका छौं । सरकारले गरेको प्रयासले अर्थतन्त्रका सूचकहरु ओरालो लाग्ने क्रम रोकिएको छ । क्रमशः अर्थतन्त्रमा सूचकहरु सकारात्मक दिशामा फर्किएका छन् । त्यसलाई सरकारले तिब्रता दिएर सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नसक्छौं । मूल्यवृद्धिलाई सीमाभित्र राख्न सफल भएका छौं । समग्र अर्थतन्त्रलाई गतिशिल बनाउने,उत्पादन,उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उदेश्यमा अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई सदुपयोग गरेर जानुपर्ने अवस्था छ । त्यसमा सरकार प्रयासरत छ ।’

अर्थमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई गतिशिल बनाउने,उत्पादन,उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उद्देश्यमा अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई सदुपयोग गरेर जानुपर्नेमा जोड दिनुभयो ।