२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुण्डागर्दीको आरोप लागेका राधे भण्डारी पक्राउ



अ+ अ-

काठमाडौं । गुण्डागर्दीको आरोप लागेका राधे भण्डारीलाई जिल्ला प्रहरी कार्यलय धादिङले पक्राउ गरेको छ ।

भण्डारीले सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की  दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो । गुण्डागर्दीका सग्लन भएको अभियोगमा पटक पटक पक्राउ पर्दे आएका भण्डारीले धादिङका बिभिन्न स्थानमा क्रसर उद्योग र बालुवाखानी संञ्चालन गर्दे आईरहेका छन् ।

उनले सिद्धलेक गाउँपालिकामा संञ्चालन गरेको बालुवाखानीको म्याद समाप्त पनि निरन्तर उत्खनन् गरिरहेको र स्थानीयले रोक्न खोज्दा धम्कि दिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । हाल प्रहरीले भण्डारीले संञ्चालन गरेको बालुवाखानी तथा क्रसर उद्योग बन्द गराएको छ । भण्डारीले राजनीतिक आडमा ठेक्का पट्टामा आफनो हैकम जमाउदै आएका छन्  ।