५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर डर्बीः युनाइटेडले सिटीलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले म्यान्चेस्टर सिटीलाई उसकै घरेलु मैदानमा २–१ गोलले हराएको हो ।

खेलको ३६ औं मिनेटमा होस्को जिभार्डीओलले गोल गर्दै घरेलु टोलि सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको अन्त्यतिर युनाइटेडले दुई गोल फर्कायो ।

८८ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गरे भने ९० औं मिनेटमा अमद डियालोले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए ।

हारसँगै सिटी १६ खेलबाट २७ अंकका साथ तालिकाको पाँचौं स्थानमा पुगेको छ । युनाइटेड २२ अंकका साथ १३ औं स्थानमा छ ।